कोभिड १९ कथाहरु सार्वजनिक
कोरोना अर्थात कोभिड१९ भाइरसका कारण विश्व त्राहिमान भएकोछ । सबैका आआफ्ना अनुभव छन् र भोगाइ छन् । देश र विदेशमा रहेका २६ जना नेपाली लेखकहरुका अनुभव, कथा, संस्मरणकारुपमा कोभिड१९ कथाहरु शिर्षकमा बजारमा आएका छन् ।
पुस्तक नेपाली साहित्य तथा संस्कृतीको सम्वद्र्धनमा लागेको विश्वव्यापी सञ्जाल भएको गैरनाफामुलक संस्था नेपाल सेन्टर इन्टरनेशनलले प्रकाशनमा ल्याएको हो । पुस्तकमा बेलायत, अमेरीका, जर्मनी, क्यानडा, अष्टे«लिया, भारत हुँदै नेपालका सर्जकहरुका रचना समेटिएका छन् । सहभागी सबैका कोराना बिषयक कथा नभएपनि कोरोनाकालमा लेखिएका रचनाहरु हुन् ।
बेलायतमा बसेर कलम चलाइरहेका सुरेन्द्र नेपाल श्रेष्ठ, डा. संगीता स्वेच्छादेखि क्यानडामा रही लेखनमा सक्रीय टिपि पौडेल, अमेरीकामा बसोबास गर्ने राजव, शायद अशोक देखि अष्ट्रेलियालाई कर्मथलो बनाएर नेपाली साहित्यमा निरन्तर लागीरहेका निरु त्रिपाठी, कुमार शर्माका रचनाहरु कोभिड १९ मा पढ्न सकिन्छ ।
बलीउड सिने क्षेत्रकी प्रशिद्ध नायीका मनिषा कोइराला देखि जर्मनीमा व्यापार व्यवसाय गरीरहेका उद्यमी जीवा लामिछानेका संस्मरणहरु पुस्तकमा आएका छन् । मदन पुरुस्कार विजेता कथालेखनका हस्ती महेशविक्रम शाह, कुमार नगरकोटी, राजकुमार बाँनिया, गनेस पौडेल, निर्मल थापा, रोशन शेरचन, अर्चना थापा, यज्ञश, किशन थापा अधिर, गोविन्द गिरी प्रेरणा आदीका कथाहरुले पनि पाठकको सुरुचिपूर्ण आसालाई सन्तुष्ट दिने सामथ्र्य राख्दछन् ।
कृतिको संयोजन तथा सम्पादन निर्मलकुमार थापाको रहेको यो पुस्तकको परिकल्पना पनि उनैको हो । दर्जन कृतिका लेखक थापा अन्र्तराष्ट्रिय सञ्जाल भएको संस्था नेपाल सेन्टरका संस्थापक हुन् । उनका अनुसार कृतिमा दीपक पराजुली, सुनैना पन्थी, पिपला ढुंगानाजस्ता नयाँ लेखकहरुलाई ठाउँ दिइएकोछ । थापाले पुस्तकका बारेमा प्रकाश पार्दै भने, यो कृति कोरोना बिषयक कुनै प्रामाणिक कृति होइन । कोरोनाकालमा हामी सबैले संसय र अब के होला भन्ने भयले सबैलाई लखेट्यो त्यो क्रम अहिलेपनि जारी छ । यस कालखण्डमा आम मान्छेभन्दा संवेदनसिल र भावुक लेखक सर्जकहरुका मनोदशाका बारेमा पुस्तक निकाल्दा ऐतिहासीक महत्व होला र यस महामारीका भोगाई र बुझाई अक्षरमार्फत जिवन्त होला भनेर अघि सारीएको हो ।
देशका प्रचलित सबै कथाकारका कथा किन परेनन् भन्ने प्रश्नमा निर्मलको जवाफ थियो, हामीसँग समय छोटो थियो । बिनाकुनै आग्रह पूर्वाग्रह सिमित समयमा हाम्रो हातमा आएका सबै कथालाई ठाउँ दिइएको छ । अन्य कथाहरु आगामी कोभिड१९ कथाहरु शिर्षकमा प्रकाशन हुनेछन् । त्यो क्रमलाई हामी दोस्रो वा तेस्रो संग्रहसम्म जारी राख्ने छौँ ।
वितरण जिम्मेवारी नेपालस्थित ब्रोसिस डिस्टीब्युटर्सले लिएको उक्त पुस्तकको मुल्य रु ६५० रहेको छ भने नेपालभित्रका प्रमुख पुस्तक पसल र अनलाइन मार्फत पाठकहरुले पुस्तक सहजै प्राप्त गर्न सक्नेछन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस