युवा साहित्यकारलाई नेपाल भाषा साहित्यमा आकर्षित गराउनुपर्ने
युवा साहित्यकारलाई नेपाल भाषा साहित्यमा आकर्षित गराउनुपर्नेमा जोड दिइएको छ । भक्तपुरमा आज आयोजित विराट् नेपाल भाषा साहित्य सम्मेलन गुठीको ५९ औंँ सम्मेलनमा सहभागीले युवालाई नेपाल भाषा साहित्यमा अभिरुचि अभिवृद्धि गराउन कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव दिए ।
सम्मेलनको उद्घाटन गर्दै गुठीमा पूर्वाध्यक्ष गोविन्दमान श्रेष्ठले उहाँले मुलुकमा विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन हुँदै गणतन्त्र स्थापना भइसक्दा पनि भाषासाहित्यको विकासमा सरकारले उचित ध्यान नदिएको गुनासो गर्नुभयो । उहाँले भाषाका माध्यमबाट सामाजिक चेतनासमेत जगाउन सकिने बताउँदै भाषासाहित्यको जगेर्नाका लागि नयाँ पुस्ताको आगमन आवश्यक भएको बताउनुभयो ।
गुठीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले नेपाल भाषासाहित्यको उत्थान र नयाँ पुस्तालाई साहित्यमा अभिरुचि जगाउन सम्मेलन आयोजना गरिएको बताउनुभयो ।
नेपाल भाषासाहित्यको विकास, संरक्षण र सम्र्बद्धनको उद्देश्यले स्थापित गुठीको सम्मेलनमा विभिन्न साहित्यकारले आआफ्नो रचना वाचन गरेका थिए । सम्मेलनमा नेपाल भाषाका साहित्यकार रेणु श्रेष्ठ, सौरभ शाक्य, न्हुँछेभक्त कवाँ, शरद कसा, नारायण बज्राचार्य, राजभाइ जकमी, वसन्त नकर्मी, हरिगोविन्द, गोविन्दमान श्रेष्ठलगायतले नेपाल भाषामा कविता वाचन गर्नुभएको थियो । त्यसैगरी तेजकृष्ण श्रेष्ठ, नरेन्द्रप्रसाद जोशी र बाबुकाजी सुवालले गजल र सुरेश प्रधान र धर्मराज राजकर्णिकारले हाइकु वाचन गर्नुभएको थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा नेपाल भाषामा नेपाल प्रथम कवीन श्रेष्ठलाई गुठीका संस्थापक रत्नगोपाल साँयजुका स्मृतिमा उहाँको परिवारले स्थापना गरेको विराट् ज्वलन्त सिरपा र गत वर्षको एसइई परीक्षामा नेपाल भाषामा सर्वोत्कृष्ट अंक ल्याउन सफल सुस्मिता राजभण्डारीलाई नेपाल भाषा पदकले सम्मान गरिएको थियो ।
सो अवसरमा गुठीका कोषाध्यक्ष रामगोपाल चगुठी, साहित्यकार नवीनप्रकाश श्रेष्ठ, सम्मानित व्यक्तित्व श्रेष्ठ र राजभण्डारीलगायतले गुठीले नयाँ पुस्तालाई नेपाल भाषासाहित्यका क्षेत्रमा आकर्षित गराउन तथा उनीहरुको अभिरुचि अभिवृद्धि गराउन कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिनुभएको थियो । पञ्चायतकालमा नेपाल भाषा साहित्यका माध्यमबाट जनतामा राजनीतिक चेतना ल्याउने र मुलुकमा प्रजातन्त्रको स्थापना गर्ने तथा विभिन्न जनजातिका भाषा, साहित्य, कलासंस्कृतिको विकास विस्तार गर्ने उद्देश्यले गुठी स्थापना गरिएको जनाइएको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस