• जीवनशैली | Jiwanshaili
  • रवीना टण्डन छोरीको विवाहको तयारीमा : तस्वीर सार्वजनिक


    ९० दशककी भारतीय सिनेमाकी प्रसिद्ध अभिनेत्री रवीना टण्डन अहिले फिल्महरूमा कम देखिए पनि टिभी च्यानल र सोशल मीडियामा एकदम सक्रिय छन्।

    टण्डनको हट र बोल्ड शैली फिल्महरूको साथसाथै वास्तविक जीवनमा पनि हिट छिन्। टण्डनको बेपरवाह शैली, समाजप्रति जिम्मेवारी र सोच नै थियो जसको कारण ९० दशकमा विवाह नहुँदै उनले दुई छोरीहरू धर्मपुत्रीका रुपमा अपनाउन सकिन् । सन् १९९५ मा रवीनाले दुई धर्मपत्री पूजा र छाया लाई अपनाईन् ।

    त्यस समयमा पूजा ११ बर्ष र छाया ८ आठ बर्षका थिय। यद्यपि रवीनाको २००४ मा प्रख्यात फिल्म वितरक अनिल थडानीसँग विवाह भएको थियो र यस विवाहबाट उनीहरुका दुई बच्चाहरु छन् (रणबीर र राशा) तर आमाको रूपमा अहिले रवीना पनि आफ्नी धर्मपुत्री छायाको विवाहमा जिम्मेवार निभाइ रहेकी छन् ।

    रवीना अहिले गोवामा छोरीको विवाहमा व्यस्त छन् । छोरीको विवाह विवाह हिन्दू र क्याथोलिक रीति अनुसार हुनेछ । परिवारमा नजिकका व्यक्तिहरूलाई विवाहमा आमन्त्रित गरिएको छ।

    रवीनाले बिवाह समारोहको फोटोहरु सोसल साइटमा पोस्ट इन्स्टाग्राममा गरेकी छन ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस