• जीवनशैली | Jiwanshaili
  • कोजाग्रत पूर्णिमाकाे अवसरमा धामी नाच, हुम्ला बासीकाे पहीचान


    कोजाग्रत पूर्णिमा अर्थात कात्तिक पूर्णिमाको अवसरमा हुम्लाका विभिन्न गाउँपालिकामा रहेका अधिकांश गाउँमा धामी नाचेर पूर्णिमा पर्व मनाइदैंछ ।

    कोजाग्रत पूर्णिमाको दिन आज बिहानैदेखि विभिन्न देवताको माडु (मन्दिर) मा देवताका धामी र भत्तालुको भिड लागेका छन् । मौला, नाच्नेडाँडा, लामाथाणा पालिकाभरका देवताका धामी जम्मा भएर धामी नाच नाच्ने चलन छ ।
    हुम्लाको अदानचुली गाउँपालिका, ताँजकोट, सर्केघाड, सिमकोट र खार्पुनाथ गाउँपालिकालगायत विभिन्न गाउँमा आज बिहानै देखि ठूलो धाम लागेको छ । परम्परागत मान्यताअनुसार आज बिहानैदेखि मदाना देव र कालसिल्तो देवाताका मन्दिरमा ठूलो पुजाआजा र जात्रा लागेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताउनुभयो ।

    उहाँका अनुसार हुम्ला, मुगु र बाजुरा जिल्लाका तीर्थालु आएर अदानचुलीमा ठूलो मेला लाग्ने भएपनि यसपटक कोरोना सङ्क्रमणका कारण बाहिरबाट आउनेलाई बन्द गरिएकाले तीर्थालुको सङ्ख्या केही कम रहेको छ ।
    यस्तै जिल्लाको खार्पुनाथ गाउँपालिकाको राया, लेख र सिमकोट गाउँपालिकाको याङ्गगु गाउँमा लाग्ने ज्वारेपूर्णिमा हेर्न सदरमुकाम सिमकोटबाट भक्तालु त्यसतर्फ लागेका छन् ।

    यी गाउँहरुमा पनि विभिन्न देवताका धाम लाग्नुका साथै धुमधामका साथ धामी नचाउने गरिन्छ । आज र भोलि सञ्चालन हुने पूर्णिमा हेर्न भक्तालु जाने गर्दछन् ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस