विरोध भएपछि अक्षय कुमारको फिल्मको नाम ‘लक्ष्मी’
अक्षय कुमारको आउँदै गरेको नयाँ फिल्मको नाम ‘लक्ष्मी बम’ राखिएको थियो। तर, सोसल मिडिया, हिन्दु सेना र करणी सेनाले निर्मातालाई फिल्म बहिस्कार गर्ने बताएपछि फिल्मको नाम परिर्वतन भएको छ। अब फिल्मको नाम ‘लक्ष्मी’ मात्र हुनेछ।
फिल्मका निर्देशक राघव लरेन्सले दर्शकहरुको भावनाको सम्मान गर्दै नाम परिर्वतन गरेको बताएका छन्। नाम परिर्वतन गर्नु अगाडि उनले फिल्म निर्माता शबीना खान, तुषार कपूर र अभिनेता अक्षय कुमारसँग छलफल गरेका थिए। अक्षय कुमार र कियारा आडवाणीले फिल्मको नाम ‘लक्ष्मी’ राखिदिएका हुन्।
फिल्मको कहानीले हिन्दुहरुको भावना, विचारधार, रीति रिवाज, देविदेवता प्रति ठेस पुराउने र समाजमा गलत संदेश जाने बताउँदै विरोध भएको थियो।
लक्ष्मी फिल्म तमिल फिल्म ‘मुनि २ कंचना’को रिमेक हो। यो फिल्म नोभेम्वर ९ मा डिज्नी हटस्टारबाट रिलिज हुनेछ। फिल्म इदमा रिलिज हुने बताएपनि कोरोना भाइरसका कारण त्यस समय रिलिज हुन सकेको थिएन।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस