• जीवनशैली | Jiwanshaili
  • आमिर खानकी छोरीले १४ वर्षको हुँदा आफन्तबाटै यौन शोषण भएको खुलासा गरेपछि…


    एजेन्सी- बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले सबैलाई अचम्म पार्ने एउटा घटना सार्वजनिक गरेकी छन्।

    सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै इराले आफू १४ वर्षको हुँदा चिनजानकै एक व्यक्तिले बारम्बार यौन शोषण गरेको खुलासा गरेकी हुन्।

    भारतीय पत्रिका दैनिक भास्करका अनुसार गत अक्टोबर १०, विश्व मानसिक स्वास्थ्य दिवसका दिन उनले आफू डिप्रेसनमा परेको बताएकी थिइन्। त्यसपछि मानिसले उनलाई त्यसको कारणबारे सोधिरहेका थिए।

    त्यही क्रममा उनले इन्स्टाग्राममा भिडियो सन्देश जारी गर्दै आफ्नो जीवनमा भएको त्यो पीडादायी घटना सुनाएकी हुन्।

    ‘जतिबेला म भर्खर १४ वर्षकी थिएँ, ममाथि यौन दुर्व्यवहार गरिएको थियो,’ भिडियोमा इरा खानले भनेकी छन्, ‘त्यो निकै आश्चर्यजनक घटना थियो। मलाई नै थाहा थिएन कि ममाथि के भइरहेको छरु तर जसले मलाई त्यस्तो व्यवहार गरिरहेको थियो, त्यो चिनजानकै व्यक्ति थियो।’

    ‘तर मलाई थाहा थिएन कि यो सही वा गलतरु जब म यस्तो व्यवहार गलत हो भन्ने कुरा बुझ्ने भएँ, तब उसलाई मैले आफ्नो जीवनबाट अलग गरें,’ उनले अगाडि भनेकी छन्, ‘कहिलेकाहीं म आफैंले आफूलाई सोध्छु– म किन त्यति बेवकूफ बनेछु र ममाथि त्यस्तो व्यवहार हुन दिइरहें। तर पनि त्यो घटनाले मलाई अहिले सताइरहेको छैन। यसर्थ म डिप्रेसनमा पर्नुको कारण थाहा छैन।’


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस