परोपकारमा ‘कपडा बैंक’: हुनेले दिएर जाने, नहुनेले लिएर
जाडो महिना सुरु भइसकेको छ । योबेला काठमाडौं उपत्यकालगायत तराईमा निकै चिसो हुने गर्छ । जाडोयाममा जोकोहीलाई न्यानो कपडाको आवश्यकता पर्छ ।
जाडो र गर्मी जुनसुकै महिनामा सर्वसाधारणलाई कपडाको अभाव हुन नदिन युवाहरूको एक टोली निरन्तर खटिरहेको छ । ‘१०० ग्रुप’ (ग्रुप हन्ड्रेड) नामक युवाहरूको एक समूहले लुगा वितरणको काम गदैं आएको छ ।
युवाहरूले कपडा वितरणको यस्तो कामलाई ‘कपडा बैंक’ नाम दिएका छन् । झट्ट सुन्दा अनौठो लाग्ने कपडा बैंकको कामलाई सर्वसाधारणले अन्य समाजसेवा (परोपकारी काम) भन्दा भिन्न मानेका छन् ।
‘हुनेले दिने, नहुनेले लिने’ भन्दै युवाहरू सबैको नांगो आङ ढाक्ने काममा लागिपरेका हुन् । काठमाडौंलगायत देशका ६६ ठाउँमा उनीहरूले कपडा बैंक स्थापना गरेका छन् । यो समूहले पुराना लुगालाई धोईपखाली, च्यातिएका लुगालाई रफू भरी लगाउन मील्ने बनाउँछ । यसका लागि जाउलाखेलमा उनीहरूले एउटा सानो कारखानासमेत खोलेका छन् । जहाँ लुगा धुने र सिलाउने काम हुन्छ ।
कपडा बैंकको आइडामेकर हुन्, बब्लु गुप्ता । गुप्ता र साथीहरू मिलेर सुरु गरेको ग्रुप १००ले ‘कपडा बैंक’ले राजधानीमा मात्र नभई, दुर्गका हुम्ला, जुम्ला र कालिकोटमा समेत कपडा वितरण गरेको छ । उनीहरू सहयोग गरिरहँदा कपडा पाउनेहरू दंग परिरहेका छन् ।
जीवनशैलीसँग कुरा गर्दै १०० गु्रपका संयोजक बब्लु गुप्ता भन्छन्, ‘हामीले गर्दा कसैलाई खुसी मिल्छ त्यो हाम्रा लागि ठूलो आत्मसन्तुष्टि हो । यसैले हामी सबैलाई आवश्यक पर्दा नहिच्किचाइकन कपडा बैंकबाट कपडा लान र भएकाले हामीसम्म कपडा ल्याइदिन आह्वान गर्छौं ।’
मजदुरी गर्ने र लकडाउनका बेला अर्थअभाव खेप्न बाध्य मानिसहरू कपडा बैंकबाट आफूलाई चाहिने कपडा लान्छन् । अनि जगेडा कपडा हुनेहरूले आफ्ना पुराना भएका, ठीक नभएका लुगा ल्याएर बैंकलाई दिन्छन् ।
०००
सिराह लाहानका बब्लु गुप्तालगायत पाँचजना बाट ‘१०० गु्रप’ स्थापना भएको हो । अहिले उनीहरूको कामका पछाडि हजारैं युवा जोडिएका छन् । कपडा बैंकले देखैभरि साथ–सहयोग पाइरहेको छ ।
सुरुवाती दिनमा बब्लु गुप्ताले साथीहरू विक्रम ओली, विमल पन्त , दिपेश श्रेष्ठ, विवेक ढकाल र सुवास गौतमको साथमा गु्रप स्थापना गरे । अहिले देशैभरिका युवा उनीहरूसँग जोडिएका छन् ।
‘यहाँ जोडिएका युवाहरू पनि कुनै सम्पन्न परिवारका होइनन्’ ग्प्ता भन्छन्, ‘हामी आफैं जीवनयापनका लागि संघर्ष गरिरहेका छौं तर, मानवसेवाको लागि प्रयास गर्न छाड्दैनौं ।!
कपडा बैंकले सुरुमा काठमाडौंको अनामनगरबाट सडकमा कपडा राख्न सुरु गरेको थियो । त्यअघि उनीहरूले कपडा संकलन गरेका थिए । अनि त्यसलाई धोइपखाली, आइरन गरेर सडकछेउमा राख्न थाले । अहिले अनामनगर, जाउलाखेल, तीनकुने लगायत राजधानीका आठ स्थानमा कपडा बैंक छ । दुर्गम क्षेत्रमा भने ग्रुपका सदस्यहरू आफैं पुगेर कपडा वितरण गर्ने गर्छन् ।
कपडा बैंकमात्र होइन लकडाउनका बेलामा खाना खान नपाएका मनिसलाई दैनिक खाना खुवाउने काममा पनि तल्लीन छन् ‘१०० ग्रुप’ सदस्यहरू । खुलामञ्चमा उनीहरूले खाना खुवाउने कामलाई आजसम्म जारी राखेका छन् ।
आफूले गर्ने सामाजिक सेवाको क्षेत्रलाई फैलाउन खोजिरहेका ग्रुपका सदस्यहरू सामाजिक न्यायका पक्षमा आन्दोलन गर्न पनि उनीहरू पछि परेनन् । कुलमानको पक्षमा, पिसिआर निशुल्क हुनुपर्ने पक्षमा उनीहरूले धर्ना गरे । प्रहरीको लाठी बब्लुले पनि खेप्नुपर्यो । उनका केही साथी घाइते भए ।
तैपनि सहयोगी हृदय डगमगाएको छैन । ग्रुप १०० ले आफ्नो काम निर्भीक भएर जारी राखेको छ ।

क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस