• जीवनशैली | Jiwanshaili
  • भारतीय अभिनेता आसिफ बसरा मृत फेला, आत्महत्याको आशंका


    एजेन्सी- भारतीय अभिनेता आसिफ बसरा हिमाचल प्रदेशको मैक्लोडगंजस्थित आफ्नो निजी निवासमा बिहीबार मृत अवस्थामा फेला परेका छन्। धर्मशालानजिक रहेको मैक्लोडगंज एक प्रसिद्ध पर्यटक स्थल पनि हो।

    हिमांचल प्रदेशका प्रहरी महानिर्देशक संजय कुडूले आसिफको मृत्युको पुष्टि गरेका छन्। उनी बितेका पाँच वर्षदेखि मैक्लोडगंजमा बस्दै आएको प्रहरीले जनाएको छ।

    आसिफले एक जना विदेशी महिला साथीसँग मिलेर त्यहाँ एक क्याफे र रेष्टुरेन्ट चलाउँदै आएका थिए। प्रहरीले आसिफले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ।

    ५३ वर्षीय अभिनेता आसिफले पछिल्लो समय वेब सिरिज पाताल लोकमा काम गरेका थिए। यसअघि उनले सन् १९९३ को मुम्बई बम ब्लास्टमा आधारित फिल्म ‘ब्ल्याक फ्राइडे’ र सन् २००२ को गुजरात दंगामा आधारित फिल्म ‘परजानिया’मा काम गरेका थिए।

    फिल्म निर्देशक हंसल मेहताले आसिफको मृत्युलाई ट्वीटरमार्फत् दुःखद् बताएका छन्। आसिफ बसराले जब वी मेट, काई पो चे, क्रिस, वन्स अपअन अ टाइम इन मुम्बईलगायतका फिल्ममा अभिनय गरेका थिए।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस