• जीवनशैली | Jiwanshaili
  • सलमान खानको ‘बजरंगी भाईजान’ का कलाकारको कोरोनाबाट मृत्यु


    एजेन्सी- भारतमा केही समयदेखि कम हुँदै गएको कोरोना भाइरसको प्रकोप फेरि बढेकाे छ। एक्कासी धेरै राज्यहरुमा कोभिड-१९ का संक्रमित फेला पर्न थालेका छन्। हिमाञ्चल प्रदेशमा कोरोनाबाट मंगलबार मात्र १९ जनाको मृत्यु भएको छ। कोरोनाबाट ज्यान जानेको सूचिमा सलमान खानको फिल्म ‘बजरंगी भाईजान’ मा देखिएका अभिनेता हरीश बंचटा पनि थिए।

    हरीश बंचटालाई शुरुमा हल्का ज्वरो आएको थियो। यसपछि उनलाई रोहडूबाट आईजीएमसीमा सारियो र उनको कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो। उनलाई धेरै प्रयास गर्दा पनि बचाउन नसकिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। सञ्चार माध्यमका अनुसार हरीशको मृत्यु भन्दा एक दिन पहिले उनको आमाको मृत्यु भएको थियो। लगातार दुई जनाको मृत्युले हरीशको परिवार शोकमा डुबेको छ। हरीशको एक जना छोरी पनि छिन्, उनी ९ कक्षामा अध्ययनरत छिन्।

    ४८ वर्षका हरीश शिमलाको चौपाल क्षेत्रका हुन्। उनले पछिल्लो १८ वर्षदेखि फिल्म इंडस्ट्रीमा काम गरिरहेका थिए। उनले आफ्नो करिअरको सुरुवात सीआईडी र क्राइम पेट्रोल जस्ता कार्यक्रमहरुबाट गरेका थिए।

    २०१५ मा हरीश बंचटालाई ठूलो सफलता मिल्यो। उनले कबीर खानद्वारा निर्देशन गरिएको चलचित्र बजरंगी भाईजानमा काम गर्ने अवसर पाए। सो फिल्ममा उनले सलमान खानसँगै काम गरे। बजरंगी भाईजानमा हरीशले पाकिस्तानी पुलिस अधिकारीको भूमिका निभाएका थिए।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस