• जीवनशैली | Jiwanshaili
  • पाँच वर्षमा फेरिएकी बजरंगी भाइजानकी ‘मुन्नी’


    एजेन्सी- बलिउड सुपरस्टार सलमान खानको फिल्म बजरंगी भाइजानमा मुन्नीको भूमिकामा रहेकी बालकलाकार हर्षाली मल्होत्राको उक्त समय निकै प्रसंशा भएको थियो। फिल्ममा सलमानको काँधमा देखिएकी हर्षाली अब भने ठूली भएकी छिन्। बजरंगी भाइजानको समयको तस्बिर र अहिलेको तस्बिर हेरर उनलाई चिन्नसमेत गाह्रो हुन्छ।

    सन् २०१५ मा आएको बजरंगी भाइजानमा बालकलाकार रहेकी उनी सामाजिक संजालमा किनै सक्रिय रहने गर्छिन्। दीपावली होस् वा नवरात्री उनले इन्टामा आफ्ना फ्यानलाई शुभकामना दिइरहेकी हुन्छिन्। यस्तै उनले दीपावलीमा हातमा थाली लिएर सिरमा दुपट्टा लगाएको तस्बिर सावर्जनिक गरेकी छन्।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस