• जीवनशैली | Jiwanshaili
  • २९ वर्षपछि ठूलो पर्दामा ‘टम एण्ड जेरी’, सार्वजनिक भयो फिल्मको जबरदस्त ट्रेलर


    टम र जेरी कार्टूनका फ्यानहरुका लागि खुशीको खबर। एक पटक फेरि यो कार्टून आएको छ। ९० को दशकमा टम र जेरी हरेक बच्चालाई मन पर्ने गथ्र्यो। आज पनि सबैले टम र जेरीलाई बिर्सन सकेका छैनन्। यो पटक टम र जेरी फकर रुपमा देखिँदैछन्।

    खुशीको कुरा त यो हो कि यस पटक टम र जेरीलाई टीवीमा नभएर ठूलो पर्दामा देख्न पाइने छ। समाजिक सञ्जालमा टम र जेरीलाई लिए बनाइएको फिल्मको ट्रेलर भाइरल भइरहेको छ। एक पटक फेरि उनीहरु एकअर्कासँग पुरानै लयमा मस्ती गरिरहेका देखिनेछन्।

    यस पटक टम र जेरीले कसैको घरमा नभई एउटा होटलमा उत्पात मच्चाइरहेको देख्न सकिन्छ, त्यो पनि मानिसहरुको बीचमा। ट्रेलरमा एउटा शाही विवाह देखाइएको छ। जसको लागि खास रुपमा तयारी भइरहेको हुन्छ।

    टिम स्टोरीको निर्देशनमा बनेको एनिमेटेड एक्शन कमेडी फिल्म ‘टम एण्ड जेरी’ ५ मार्च २०२१ मा चलचित्र भवनहरुमा प्रदर्शन हुने छ। २९ वर्षपछि फेरि दर्शकहरुले टम र जेरीको लडाई र मस्तीलाई ठूलो पर्दामा हेर्न पाउने छन्। यो भन्दा पहिले १९९२ मा ‘टम एण्ड जेरी- द मूवी’ शीर्षक राखेर फिल्म हलहरुमा प्रदर्शन भएको थियो।

    https://twitter.com/i/status/1328744719447437312


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस