चालकसहित दुई कर्मचारीलाई कोरोना देखिएपछि सलमान खान आइसोलेसनमा
एजेन्सी- बलिउड सुपरस्टार सलमान खानका चालकसहित दुई कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुलाई कोरोना संक्रमण भएपछि आफू आइसोलेसनमा रहेको सलमानले बताएका छन्।
बिग बोस १४ को होस्ट गरिरहेका उनी आगामी भागमा देखिने वा नदेखिने टुंगो भने अझै लागि नसकेको बताइएको छ। यदि कोरोना पोजेटिभ आयो भने उनको अनुपस्थितिमा अरु कसैलाई होस्ट गराउने वा रोक्ने भन्नेमा व्यवस्थापन छलफल गरिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
सलमानले हालै राधे फिल्मको पनि सुटिङ गरेका थिए। फिल्ममा उनीसँगै दिशा पटानी देखिनेछन्।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस