• जीवनशैली | Jiwanshaili
  • प्रचण्डकी नातिनी स्मीताको ‘मालिङ्गो’ मा राजेश हमालसँग जम्यो जोडी


    गायिका स्मीता दाहालले नयाँ म्युजिक भिडियो ल्याएकी छिन्। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालकी नातिनी स्मीताको नयाँ गीतमा राजेश हमालसँगको रोमान्स देख्न सकिन्छ।

    आफैँले गाएको गीतको म्युजिक भिडियोमा उनी राजेश हमालको जोडी भएर देखिएकी छिन्। स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ’मालिङ्गो’ बोलको गीतको भिडियोमा स्मीताले राजेशसँग अभिनय गरेकी हुन्।

    भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ। भिडियोमा राजेश हमाल पत्रिका पुर्‍याउने हकरको भूमिकामा देखिएका छन्।

    सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत, उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ भने सम्पादन भुपेन्द्र अधिकारी तथा कलर रेनिस फागोको रहेको छ। सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतिले खिचेका हुन् भने सरोज ओलीको निर्देशनमा बनेको हो।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस