• जीवनशैली | Jiwanshaili
  • भारतका चर्चित हास्य कलाकार भारती सिंहको दम्पति पक्राउ


    भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियाको मुम्बई स्थित घरमा छापा मारेको छ। एजेन्सीद्वारा अन्धेरी, लोखन्डवाला र वर्सोवा क्षेत्रसहित तीन अलग-अलग स्थानमा छापा मारेको हो।

    उनीहरुको घरबाट केही मात्रामा शंकास्पद औषधि पनि बरामद गरेको छ।

    एनसीबीका जोनल डायरेक्टर समीर वानखेड़ेका अनुसार भारती र उनका पति दुबैलाई एनसीबीले मादक पदार्थको सेवन बारे पूछताछ गर्न हिरासतमा लिएको छ। उनले भारती र उनका पति दुबैलाई थप सोधपुछका लागि जोनल कार्यालयमा लिएका गएका छन्।

    यही मुद्दामा एनसिबीले यसअघि कलाकार अर्जुन रामपाल र फिल्म निर्माता फिरोज नाडियावालको घरमा पनि छापा मारेको थियो।

    लागुऔषध दुरूपयोग गरेको आरोपमा राजपुतकी पूर्व प्रेमिका रिया चक्रवर्तिलाई एनसिबीले सेप्तेम्बर ९ मा पक्राउ समेत गरेको थियो।

    झन्डै एक महिना हिरासतमा बसेपछि उनलाई जमानतमा छोडेको थियो।


    क्याटेगोरी : कला शैली, प्रवास

    प्रतिक्रिया दिनुहोस