• जीवनशैली | Jiwanshaili
  • कमेडियन भारतीका दम्पतिले स्वीकारे ड्रग्स लिएको कुरा


    नारकोटिक्स कंट्रोल ब्यूरो (एनसीबी)ले बलिउड कमेडियन भारती सिंह पछि उनका श्रीमान हर्ष लिम्बचियालाई ड्रग्स केसमा पक्राउ गरेको छ ।

    यसको जानकारी एनसीबीका जोनल डाइरेक्टर सबीर वानखेडेले दिएका हुन् । शनिवार उनीहरुको घरमा छापा मारिएको थियो । जसमा उनीहरुको घरबाट गाँजा बरामद भएको थियो । एनसीबीसँगको १५ घन्टा लामो शोधपुछमा हर्ष र भारतीले ड्रग्स लिएको स्विकारेका छन् ।

    यस भन्दा पहिले शनिबार एनसीबीले भारती सिंहको प्रोडक्शन अफिस र घरमा छापा मारेकाृ थियो । यसै क्रममा जाँच गर्दा एजेन्सीले ८६.५ ग्राम गाँजा बरामद गरेको थियो । यसपछि एनसीबीले भारती सिंहलाई पक्राउ गरेको थियो । र भारतीका श्रीमान हर्षलाई पनि पूछताछका लागि हिरासतमा लिएको थियो। दम्पतिले गाँजा सेवन गरेको कुरा स्वीकार गरेका छन् ।

    यो पढ्नुस्

    https://jibanshaili.com/2020/11/21/57936/


    क्याटेगोरी : कला शैली, प्रवास

    प्रतिक्रिया दिनुहोस