• जीवनशैली | Jiwanshaili
  • चौडाइ घटाई उचाइ बढाएको गुनासो,हस्तान्तरण भएन कङ्केश्वरी मन्दिर


    साढे पाँच वर्षअघिको भूकम्पबाट भत्किएको कङ्केश्वरी मन्दिर पुनःनिर्माण भएको डेढ वर्ष बिते पनि मन्दिर स्थानीय समितिलाई हस्तान्तरण भएको छैन । विसं २०७३ चैत ५ गते पुनःनिर्माण शुरु भएको मन्दिरको काम २०७६ जेठ २१ गते सम्पन्न भएको थियो । मन्दिर पुनःनिर्माणका क्रममा पुरातत्व विभाग र निर्माण व्यवसायीले कङ्केश्वरी गुठी एवं मन्दिर पुनःनिर्माण समितिलाई वास्ता नगर्दा ंसंरचना बिगारिएको स्थाननीयवासीको गुनासो छ । गुठीका अध्यक्ष राम महर्जन स्थानीयवासीसँग समन्वय नगर्दा संरचना बिगारिएको बताउनुहुन्छ ।

    निर्माण व्यवसायीले मन्दिरका पुरातात्विक महत्वका सामग्रीसमेत गुठीलाई हस्तान्तरण गरेको छैन । पुनःनिर्माण समितिका अध्यक्ष राजुराज जोशी स्थानीयवासीलाई बेवास्ता गरी पुनःनिर्माण गर्दा पहिलेभन्दा मन्दिरको उचाइ बढी चौडाइ घटेको गुनासो आइरहेको बताउनुहुन्छ । मन्दिर पुनःनिर्माणको लागत रु तीन करोड १४ लाख भएकामा रु तीन करोड १२ लाखमा तुलसी÷राज जेभीले पुनःनिर्माण गरेको विभागका इञ्जिनीयर पूर्णबहादुर श्रेष्ठले बताउनुभयो । मन्दिर पुनःनिर्माण गरेको तुलसी÷राज जेभी कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक राम साह भने मन्दिर पुरानै आकार प्रकारमा पुनःनिर्माण भएको जिकिर गर्नुहुन्छ । मन्दिर क्षेत्रमा रहेका विभिन्न समितिले आकारप्रकार मिलेन भनी आवाज उठाइरहेको निर्माण व्यवसायीको भनाइ छ ।

    “मन्दिर क्षेत्रमा १७ वटा जति समिति छन्, पुनःनिर्माणका क्रममा गोदामघरमा सामान राखेको भाडा महिनामा रु २० हजार तिर्नुप¥यो, एउटा समितिले यो गर भन्छ, अर्कोले त्यो भत्का भन्छ, यसले गर्दा पनि काम गर्न पनि गाह्रो भयो”, उहाँले भन्नुभयो । विभागले ठेक्का आह्वान गर्नुअघि नै स्थानीयवासीले पुनःनिर्माण समिति गठन गरी सामुदायिकस्तरबाट मन्दिर बनाउन खोजेका थिए । समितिका अध्यक्ष जोशी स्थानीयवासीसँग विभागले मतलब नै नराखी ठेक्का आह्वान गरेको आरोप लगाउनुहुन्छ ।

    पुनःनिर्माणका क्रममा निर्माण व्यवसायीले मन्दिरको ड्रइङ डिजाइन नदेखाएको र पुनःनिर्माणस्थलमा सूचना पाटीसमेत नराखेको समितिले जनाएको छ । पुरानो स्वरुपअनुसार मन्दिर बनेन भन्ने गुनासो बढेकाले जाँच गर्दा त्यस्तो नदेखिए पुनःनिर्माण दोहो¥याउन लगाइने अध्यक्ष जोशीले बताउनुभयो ।

     


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस