• जीवनशैली | Jiwanshaili
  • वाई वाईसंगको संयोजनमा ग्लोकल टीन हिरो नेपाल अन्तर्गत, अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा


    काठमाडौँ , नोवेम्बर २५, २०२०
    वाई वाई ग्लोकल टिन हिरो २०२० का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देश भरिका किशोर किशोरीहरुबाट कुल ६०४ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करण हो । हाल कोभिडका प्रभावका कारण यस वर्ष डिसेम्बर १२, २०२० मा अन्लाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत हुने भएका छन् ।

    सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ ।
    ग्लोकल प्रा ली र वाईवाईको संयुक्त आयोजनामा नेपालका २० वर्षभन्दा कम उमेरका अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । यी किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको छ । वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छनः


    एकराज घिमिरे, १८, बातावरण विद्, पाल्पा
    मन्दिरा श्रेष्ठ, १९, स्वास्थ्य अभिएन्ता , रामेछाप
    रीत काफ्ले, १८, शिक्षक, बिराटनगर
    सुभाश शर्मा, १७, कोडर, जनकपुर
    सुलव सुबेदी, नवप्रबर्दक, १८, इलाम
    वैभव नाहटा, १८, उद्द्यमी, बिराटनगर

    नेपालबाट २०१५ मा सुरु भई, काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूको लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । हालसम्म नेपालका ५ किशोर किशोरिहरुलाई ग्लोकल टिन हिरो नेपालका रुपमा सम्मानित गरिएको छ भने ग्लोकल टिन हिरो ईन्डिया बाट एकजना सम्मनित भएका छन ।

    वाई वाई ग्लोकल टिन हिरो २०२० उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ । अब अन्तिम ६ प्रतिस्पर्धीको एकसाता सम्म क्षमता विकास तालिम हुनेछ । एसएमएस भोटिंङ राउण्ड र प्रतिस्पर्धीको छुट्टाछुट्टै हुने अन्तरबार्ताको आधारमा यो बर्षको टिन हिरो छानिने छ ।

    अन्तिम ६ प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२० को बिजेता घोषणा गरिने छ । यस बर्षको निर्णायक टोलीमा श्री अब्दुल्ला टुन्सर केइसी (टर्कीस एयरलाइन्सका महाप्रबन्धक), श्री उज्ज्वल श्रेष्ठ (पञ्चकन्या समूहका कार्यकारी निर्देशक), श्रीमती रितु एस वैद्य (प्रबन्ध निर्देशक, युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.), श्री वरुन चौधरी (चौधरी समूहका कार्यकारी निर्देशक) र श्री अनिल चित्रकार (सिद्धार्थ इंकका अध्यक्ष) रहनु हुनेछ ।


    यस बर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले ६ दिन लामो क्षमता निर्माण कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन । प्रतिस्पर्धीहरुको डिसेम्बर १२ मा निर्णायक प्यानलले व्यक्तिगत रुपमा अन्तर्वार्ता लिनेछन र एसएमएस मतदान राउन्ड खुलेको छ जसले २०२० को लागि फन्टास्टीक किशोर छनौट गर्न पनि योगदान पु¥याउँनेछ ।
    उम्मेदवारहरूलाई मतदान गर्न, तपाईंको मनपर्ने फाइनलिस्टको मतदान कोड ३३००१ मा एसएमएस गर्न सक्नु हुनेछ । फाइनलिस्टहरूका लागि मतदान कोडहरू यसप्रकार रहेका छन
    ड्ड एकराज घिमिरे – GTH<space>EG  टाइप गरी ३३००१  मा एसएमएस पठाउने
    ड्ड मन्दिरा श्रेष्ठ- GTH<space>MS टाइप गरी ३३००१ मा एसएमएस पठाउने
    ड्ड रीत काफ्ले – GTH<space>RK टाइप गरी ३३००१ मा एसएमएस पठाउने
    ड्ड सुभाश शर्मा- GTH<space>SSH टाइप गरी ३३००१ मा एसएमएस पठाउने
    ड्ड सुलव सुबेदी – GTH<space>SS टाइप गरी ३३००१ मा एसएमएस पठाउने
    ड्ड वैभव नाहटा – GTH<space> टाइप गरी ३३००१ मा एसएमएस पठाउने

    डिसेम्बर १२ मा ग्लोकल टिन हिरोे नेपाल अन्लाईन आयोजना गरिने भएको छ । शिक्षा, उद्यमशीलता, कूटनीति, एवम अन्य विविध क्षेत्रका ब्यक्तित्वहरुको उपस्थितीमा यो कार्यक्रम सन्चालन गरिनेछ । ग्लोकल टिन हिरो फेसबुक पेज र बिभिन्न मिडिया टेलिभिजन मार्फत यो लाइभ स्ट्रिम पनि हुनेछ ।

    देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन हामीसँग बिभिन्न सँगसंस्थाहरु साझेदारका रुपमा जोडीनु भएको छ । ग्लोकल प्रा लि ले शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास र युरोपेली संघ, पहल साझेदारको रूपमा सोल्टी क्राउन प्लाजा, Valuable पार्ट्नरका रुपमा कोका कोला, होन्डा, टोयोटा, पंचकन्या, डोल्मा, डिश होम, फाइबरनेट, ब्रिटिश कलेज र डब्ल्यूडब्ल्यूएफ नेपाल, आतिथ्य पार्टनरः कोजी होम बीएन्डबी, एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, टेलिभिजन पार्टनर : योहो टि.भी SMS Partner: Sparrow SMS, Education पार्ट्नरमा किंग्स कलेज, चेल्सी र विद्या संस्कार,  PR Partner: V – Chitra र समर्थकमाः वर्ल्ड लिंक, ईसेवा, डिश होमगो , युवा, नेपाल युवा परिषद,, AYON, Kwiks, View Your Choice, Genesis Cloud Academy, रहनु हुनेछ ।

     


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस