• जीवनशैली | Jiwanshaili
  • भारती दम्पतीको जमानत खारेज गर्न एनसीबीको अपिल


    नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एनडीपीएस कार्ट (मादक पदार्थ निषेध कानूनलाई आधार बनाएर काम गर्ने अदालत) मा हास्यकलाकार भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न अपिल गरेको छ ।

    भारती सिंह र उनका श्रीमानलाई २१ नोभेम्बरमा एनसीबीले पक्राउ गरेको थियो । त्यतिबेला एनसीबीले भारती सिंहको घरमा छापा मार्दा ८६.५ ग्राम गाँजा बरामद भएको बताएको थियो । तर यी दुबैलाई १५–१५ हजार जमानत लिएर छोडिएको थियो ।

    अब एनसीबीले एनडीपीएस कोर्टसमक्ष भारती सिंह र उनका श्रीमानको जमानत खारेज गर्न गुहार लगाएको छ । साथै एनसीबीलाई सोधपुछका लागि सुम्पन आग्रह पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    अदालतले भारती सिंह र उनका श्रीमानलाई नोटिस पठाएको छ भने अर्को हप्ता यो मामिलामा सुनुवाई हुने सम्भावना रहेको बताइएको छ ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस