मंसिर २२ मा वैवाहिक जीवनमा बाँधिदै श्वेता खड्का
नायिका श्वेता खड्का मंसिर २२ मा वैवाहिक जीवनमा बाँधिने भएकी छन्। बिहेका लागि निम्तो कार्डसमेत बाँडिएको छ। धनगढीका विजयेन्द्रसिंह रावतसँग नायिका खड्काको बिहे हुने पक्का भएको हो।
गोकर्ण फरेस्ट रिसोर्टमा नायिका खड्काको वैवाहिक कार्यक्रमका हुने नातेदार र आफन्तलाई बाँडिएको कार्डमा उल्लेख छ। विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेकोसमेत चर्चा चलेको थियो। तर नायिका खड्काले यसअघि आफू प्रेममा नरहेको दाबी गर्दै आएकी थिइन्।
चलचित्र ‘कहाँ भेटिएला’बाट सिने जगतमा छिरेकी नायिका खड्काले श्वेताश्री फाउन्डेसन खोलेर समाजसेवासमेत गर्दै आएकी छन्। यसअघि २०७१ असारमा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग खड्काको विवाह भएको थियो। तर सोही वर्ष साउनमा श्रेष्ठको निधन भएको थियो।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस