नम्रता श्रेष्ठ भईन मिस नेपाल २०२०
मिसनेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले हात पारेकी छिन् । आज भएको मिस नेपाल प्रतियोगिताको फाईनलमा उनले २० प्रतिस्पर्धिलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । उनलाई मिसनेपाल २०१९ अनुष्का श्रेष्ठले ताज हस्तान्तरण गरेकी छिन् ।
होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस वल्र्डको ताज पहिरिएकी हुन् । उनी पेशाले किनरगार्डेन टिचर हुन् ।
अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो ।
उनले यो प्रश्नमा आफूले तराई क्षेत्रमा कुरितीका रुपमा रहेको दाइजोप्रथा हटाउन छोरीलाई शिक्षामार्फत सशक्तीकरण गर्न आफू अघि बढ्ने बताएकी थिइन् ।
यस्तै, यो बर्षको ‘मिस नेपाल यूनिभर्स’को उपाधि को पोल्टामा गएको छ । ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जितिन् । ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि सन्ध्या शर्माले पहिरिइन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस