हास्य कलाकार मनोज गजुरेलले दोश्रो विवाह गर्दै
काठमाडौं- चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्ने भएका छन्। एक टेलिभिजन कार्यक्रम मार्फत गजुरेलले आफूले बिहे गर्न लागेको कुरा सार्वजनिक गरेका छन्।
कलाकार गजुरेलले भनेका छन्, ‘चाँडै नै तपाईंहरुको शुभकामना, सुझाव, सल्लाह अनुसार मैले मेरो जीवनमा कोही साथी जोड्दै छु। हामी जोडिदै छौं।’
दोस्रो विवाह गर्न लागेको बताए पनि को सँग बिहे गर्न लागेको भन्नेबारे उनले नाम भने खुलाएका छैनन्।
एपिवान टेलिभिजनको कार्यक्रम ‘तमसो मा ज्योतिर्गमय’मा गजुरेलले आफ्नो दोस्रो विवाहको प्रसंग सुनाएका हुन्।
हास्य कलाकार गजुरेल र मीना ढकालले ३ वर्ष अघि सहमतिमै सम्बन्धविच्छेद गरेका थिए।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस