कल्पना– २
कल्पना– २
संगमको जीवन अब फरक किसिमले बितिरहेको छ । उसलाई कुनै पनि कुरा सोच्ने समय पटक्कै छैन । न त उसले साथीको बारेमा सोच्न सक्दछ । न उसले प्यारी बहिनी सविनालाई नै सम्झेर पत्र लेख्न सक्छ । उता आफ्नो छोराको उत्तराधिकारी नातिको बाटो कुर्दै बुढी हजुरआमा समय र परिस्थितिको सामना गर्न बाध्य छिन् यस यसरी पढ्न भनेर हिँडेको आफ्नो नाति यति लामो समयसम्म पनि आफूलाई नसम्झिएका कारण चिन्तित छिन् ।
संगम दिनभरि कुइरेसँग हिँड्दाहिँड्दै थकाइले साँझ लुटुक्क भएको थाहा नै पाउँदैन । कहिलेकाही स्वास्थ्य चौकी अनि उपस्वास्थ्य चौकीमा विदेशी डाक्टरहरुको सहयोगी बनेर व्यस्त हुन्छ । अब त उसले सबै कुरा विर्सेर गाऊँ बस्ती समाज अनि विभिन्न भौगोलिक स्थितिको अध्ययन गने खैरेहरुसँग एकोहोरिएको छ । यसरी उसले आफ्नो जिन्दगी नै समाज सेवामा समर्पित गने निश्चित गरिसकेको छ । संगम अहिलेसम्म ६२ जिल्लाका २८८० गा.वि.स. कै ३७००० वटा गाऊँ टोल हरुको भ्रमण गरिसकेको छ । स्वास्थ्य संस्थाको कुरा गर्ने हो भनेपनि २९५४ वटा पूर्ण आफ्नो सेवा दिइसकेको छ । यस्तै यस्तै छ संगमको जिन्दगी कहिले मेचि अञ्चलको मंगलटार हुन्छ भने कहिल महाकालीको दोधारा र चाँदनीमा कहिले बझाङको सैपाल हिमाल त कहिले काठमाण्डौको सात दोबाटो । उसले आफ्नो जीवनको बारेमा समेत सोच्ने मौका पाउँदैन । प्रशस्त सम्पत्ति कमाएर पनि के नै गर्नुछ र ?
खाली भएको बेलामा उसले बहिनी सबिनालाई सोच्ने सम्झने गर्दछ र घरको सम्झनाले सताउने गर्दछ । तर ती खैरेहरूलाई के थाहा उसको अनि बुढी हजुरआमाको आकांक्षा, के थाहा उनीहरुलाई पारिवारिक आनन्दमा रमेर कोदाको ढिडो अनि गुन्द्रुकको तरकारी खाएको । के थाहा ? काँटे चम्मचले ड्राइफुट खाएर विलासिताको जिन्दगी विताउने परिचमेली महामुर्खहरुलाई ।
आज असार महिनाको १द्द गते झिम–झिम पानी परेको छ । पहाड अनि डाँडाकाँडालाई कुहिराले सेतो टोपी पहिराई दिएको छ । कलकल गर्दै बग्ने ती खोलानाला संगै सल्लाघारबिाट घुइकिने अनौठो आवजा आरहेको छ । २ जना विदेशी आफुभन्दा ठूलो व्याग बोकेका र गगम पनि व्याग बोकेर उनीहरु संगै आफ्ना पाइलाहरु अगाडि बढाउँदै छ । रातोमाटोमा खुट्टा चिप्लेर लड्दा जिउनै रातो भएको थियो । पटक पटक ऊ लडेको देखेर नजिकबाट हेर्ने मानिस कोही खित्का छागेर हास्दथे भने कोही विचरा भनेर दयाको भाव प्रकट गर्दथे । असार महिना भएका कारण तलदेखि माथि सम्म खुट्टामा जुकाले टोकोर पनि रक्ताम्मे खुट्टा रातै देखिन्थे ।
यसरी करिब साँझ ७ः३० बजे उनीहरु सल्यान जिल्ला को एउटा स्वास्थ्य चौकीमा पुग्न सफल भए । यो स्थान खास गरी सल्यान र रुकुमको सिमाना थियो । साँझ भैसकेका कारण त्यहाँका कुनै स्टाफहरुसँग भेट हुन सकेन । उनीहरुले आफ्नो व्यवस्था आफै गर्ने भएकोले खाना पनि व्यागमै थियो पानी पनि टन्न थर्मशमा फारुला भन्ने ठाउँबाट बोकेका थिए । र बस्न पनि पाल (टेन्ट बाँधेर धेरै तयार पारिसकेका थिए । दिनभरिको थकाइका कारण संगम भुसुक्क भएको थाहै पाएन ।
विहान करिब १००० बजेतिर त्यस स्वास्थ्य चौकीका सम्पूर्ण कर्मचारी आइपुगे । सबैसँग उनीहरुको परिचयात्मक कार्यक्रम चल्यो । त्यही विगत १८ वर्ष देखि सेवा पु¥याउँदै आउनुभएका एच.ए. अनि त्यसैगरि स्टाफनर्स सिस्टर, २ जना, अ.हे.व. ए.एल.एम., ग्रा।स्वा. का. मासिका अनि एकजना पि.एन. पनि केही वर्ष देखि सेवा पु¥याउँदै आउनुभएको रहेछ । सबैसँग एक आपसमा परिचय भयो ।
उक्त स्वास्थ्य चौकीमा उसको काम ३ दिन सम्म निरन्तर रुपमा चलिरहृयो । त्यस स्वास्थ्य चौकिमा बढी जसको टि.वी. र कुष्ठ रोगका विरामीहरु आउँदा रहेछन् । यसरी ३ दिन सममको विरामी संगको भेटघाट अनि उपचारको कारण संगम व्यस्त अस्वास्थ्यहरुलाई जीवन दिनु उसो पनि त उत्तरदायित्व थियो । त्यस स्वास्थ्य चौकीको सम्पूर्ण रेकड र भौगोलिक स्थितिको अध्ययन पछि उनीरु अब त्यहाँ देखि रुकुम को चौजहारी भन्ने स्थान तिर लाग्ने निधो भयो । चौरजहारीमा पनि युनाटेड मिसन टु नेपालको शाखा कार्यरत थियो । डाक्टरर जोन अनि महिला रोग विशेषज्ञ डाक्टर सोफिया सरसफाइको लागि खोलाको पँधेरो तिर गए । संगम पनि उक्त स्थानको दृश्यावलोकन गर्न केही तल सम्म झ¥यो ।
वर्षातको समय आकाश डम्मै बादलले ढाकेको छ । मसिना मसिना पानीका टप्प टप्प खसीरहेका छन् । संगम एउटा पिपल चौतारोमा पुग्यो चारै तिर नयनी नजर फिजायो । उसलाई एकछिन त्यसै चौतारीमा बस्न मन लागेर आयो ।
संगम चौतारीमा बसेर सबैतिर एकनासले दृष्यहरु हेदै विभिन्न विभिन्न कल्पना गरिरहेको थियो । पारीतिर देखिने ती पहाडहरु एक अर्कासँग नागबेली हुँदै गगन चुम्नलाई उठिरहेका थिए । त्यसैमा पनि ती पहाडहरु स्वयत बस्त्र धारण गरेकी सन्तोसिम्यता कै स्वरुप जस्तो लाग्दथ्यो । जनजिकैको सल्लाघारीबाट अनौठो घुँईघुँइ आवाज आईरहेको थियो । विभिन्न चरा चुरुङ्कीहरुले संगीत गुन्जाईरहेका थिए । नजिकैको मकैबारीमा पानीका थोपाले निकालेको आवाज टड्कारोसँग गुन्जीहेको थियो । पिपलका तापहरु हावाले परकराई रहेका थिए । झेका पातलार्य हावाले उडाईहेको थियो । संगमले ती उडी रहेका पातलाई हेरेर आफ्नो जिन्दगीको बारेमा सोचिरहेको थियो । कतै यसरी नै मेरो जीन्दगी पनि समयले उडाएर फुटपातमा पन्छाइदिने त हैन ? भैगो यस्तो सोचेर क फाइदा … फाँट तिरै आँखा लगाउँछ । ति टम्म मिलेका बस्तीका फाँटहरुमा एएक अर्कासँग होजबाजी गर्द गोरुलाई जोतिरहका छन् । प्रत्येक महिलाहरु हातमा धानको विउ लिएर असारे गीत झ्याउरे गीत गाउँदै एक आपसमा हिलो छ्यापे हास्दै रमाउादै वर्षभरि खाने अन्न (को भण्डार गर्ने) लगाउने प्रयत्नमा लागिरहेकाछन् ।
संगमको मुटमा यस्तो आभाष्को जन्म भयो । अँ हो, यस्तो जिन्दगी यो जिन्दगी संगमले बस्ती तिर नजर घुमायो । हुन त उसले आजसम्म नेपालको ६४ जिल्लाको विभिन्न क्षेत्रमा पुगि सकेको थियो । यस्तो सुन्दर र फरक किसिमको वातावरण देखिेकै थिएन । सायद यो स्थान सुन्दर संसरमा सजिएको पवित्र मन्दिर भए जस्तो लाग्दथ्यो । लाग्दथ्यो एउटा स्वर्गकै टुक्रा थियो । कस्ता बस्ती ? सानो गाउँ चिटिक्क परेका घर ढुँगाको छाला यो बस्ती भनेकै जुन फूलैको फूलको बस्ती थियो ।
संगमको आँखा बाटो तिर मडारियो । संगमको आँखा एक अपरिचित परीसँग जुध्न पुग्यो । संगमले तलदेखि माथिसम्म आँखा नझिम्क्याएर नियाल्न थाल्यो । हो … वास्तविक रुपमा उनी एक परी थिइन् । कालो वर्णको शरीर मृन नयनी नयन,जजालु स्वागत मधुर मुस्कान सहितका रसिला निर्दोश ओठहरु टम्म परेको जिउ हाँस्दा पनि अनार दाना झैं झल्किने दन्त लहरहरु ……. ।
लाग्दथ्यो उनी कुनै फक्रन लागेको गुलाबको कोपिला थिइन् । संगमले सोध्नै सकेन । छटपटायो । र उनीसँग परिचय गर्न प्रयास ग¥यो । तर आँट आएन । संगमले ती आफ्ना ओठहरु कमाउादै अनि जिब्रो लट्पटाउँदै ती परीलाई सोधीहाल्यो, हेलो सिस्टर ….. ।
अपरिचित व्यक्तिले यसरी अचानक बोलाएकोले ती केी झस्केर हाँ अँ हँ हजुर …… संगमले सोध्यो तपाईको कहाँ पर्दछ ? प्रतिउत्तरमा उनले परको ठूलो रातोमाटोले पोतेको त्यसैमाथि सिलेटले छानो छाएको घर देखाउँदै भनिन् ऊ त्यहीहो । अँ साँच्चि यो अति राम्रो गाउँ रहेछ । यो गाऊँको नाम पनि जान्न सक्छुकी …..
सटको गोजीबाट पकेट डायरी र कलम निकाल्दै संगमले सोध्यो । किन गाउँको नामै न जान्ने भन्ने केही छ र ? लजालु भावमा मुसुक्क हास्दै भनिन् यो बस्तीलाई स्वर्णकोण भिन्नछ । अनि.. तपाई को छ र श्र मेरो घर पूर्वतिरै पर्दछ । संगमले मिठास अनि नम्र भाषमा उत्तर दियो । अनि यहाँ सम्म के कामले ? महिलाले आदरसाथ सोधिन् म युनाइटेड मिशसन टु नेपालको मोबाइल (घुम्तिी) टोलीको अहेब हुँ । यहाँ सम्म पुगेको थिए । ….. संगमले उत्तर दियो ।
अँ सिस्टर तपाई अहिले के गर्दै हुनुहुन्छ त ? ती महिलाले सकारात्मक र निसंकोच सहित भनिन् । खासै भन्दा म विद्यार्थी नै हो । अहिले म आइए दोस्रो वर्षमा अध्ययनरत छु । कुन क्याम्पसमा ? संगमले सोध्यो साप्ती बबइ क्याम्पस तुल्सिीपुर दाङ्कमा । उहिले क्याम्पस विदा भएर घरतिर आएकी छुँ अब ५–७ दिनपछि जानुपर्ला । अँ हुन्छ हानी त गाउँका मान्छे केही घरको काम पनि गर्नुपर्छ ल त … उक्त महिला हिड्न थालिन् । संगम हैन सिस्र यति कुरा गरियो तर हुजुर आफ्नो नाम भन्नुभएन ….. संगम हास्दै भन्छ ।
उनले पछाडि हेरेर हाँस्दै लज्जालु भाव प्रकट गदैए भनिन् मुसुक्क हाँसेर अ…… कल्पना कल्पना हो नाम त त्यति राम्रो छैन । …. यस्तो नम नराम्रो हुन्छ र ? हास्दै संगमले भनयो । अनि हजुरको नाम भन्न सकिएला अनुरोध गर्दै कल्पनाले सोधिन् । अँ सिस्टर कल्पना जी हुन त खासै नाम छैन तर मेरोका उतारचढाव आँधी बहरी दुःख सुखको संगम भएकोले मेरो नमै संगम राखिएको छ । मेरो नाम संगम शर्मा ।
कल्पना आफ्नो बाटो लागिन ् । संगम पनि मन नलागी नलागी आफ्नो टोली तिर लाग्यो । संगमको मोबाइल टोली रुकुमको चोजहारि दुबै सल्लिबजर छिन्चू हुँदै केही दिनपछि नेपालगञ्ज आईपुग्यो । उनीहरुको बसाई नेपालगञ्जको बाटीका होटलमा भयो । क्रमशः
(यस उपन्यास धाराबाहिक प्रकाशन हुनेछ)
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस