ऋतिकको ‘क्रिस ४’ मा कियारा आडवाणी
एजेन्सी- बलिउडमा सन् २०१९ मा सबैभन्दा बढी कमाइ गरेको फिल्म ‘वार’ मा देखिएका ऋतिक रोशन त्यसपछि कुनै फिल्ममा देखिएका छैनन्। उनको अर्को फिल्मको घोषणा पनि भएको छैन।
ऋतिकका फ्यानहरूको पर्खाई अब समाप्त भएको छ। ऋतिक ‘क्रिस ४’ मार्फत छिट्टै दर्शकमाझ आउँदै छन्। उनी छिट्टै उक्त फिल्मको घोषणा गर्ने तयारीमा रहेका छन्। ऋतिकका बुबा राकेश रोशनले सुपरहिरो फिल्म ‘क्रिस ४’ को स्क्रिप्ट तयार पारिसकेका छन्। स्रोतका अनुसार राकेश रोशनले ‘क्रिस ४’ मा बलिउडमा नयाँ पुस्ताकी उत्कृष्ट अभिनेत्री कियारा आडवाणीलाई लिएका छन्। उनी फिल्ममा ऋतिकको अपोजिट देखिनेछिन्। फिल्ममा दुई अभिनेत्री देखिने छन्।
‘क्रिस ४’ मा सुरूमा मूख्य अभिनेत्रीको रुपमा कृति सानोनलाई लिन खोजिएको थियो। तर, उनीसँग पहिल्यै पाँच वटा ठूला बजेटका फिल्म भएपछि उनको ठाउँमा कियारालाई लिइएको बताइएको छ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस