• जीवनशैली | Jiwanshaili
  • सलमानले यो वर्ष आफ्नो जन्मदिन नमनाउने


    भारतीय अभिनेता सलमान खानले यो वर्ष आफ्नो जन्मदिन नमनाउने भएका छन् । आगामी २७ डिसेम्बरमा उनी ५५ वर्षका हुँदै छन्। उनले हरेक वर्ष आफ्नो फार्महाउसमा धुमधामका साथ जन्मदिन मनाउँदै आएका छन् ।

    त्यस्तै नयाँ वर्ष पनि साथीभाइसँग राम्रैसँग सेलिब्रेसन गर्छन्। तर यो वर्ष भने कोरोना महामारीको कारण देखाउँदै उनले यस्तो सेलिब्रेसन नगर्ने भएका हुन्। यो जन्मदिन तथा नयाँ वर्षको अवसरमा उनी चलचित्र ‘अन्तिमः द फाइनल ट्रुथ’को छायांकनमा व्यस्त हुनेछन्।

    उनका नजिकका साथीहरूलाई भारतीय मिडियालाई दिएको जानकारीअनुसार सलमान खान जमघट गरेर बर्थडे सेलिब्रेसन गर्ने मनसायमा छैनन्। त्यस्तै नयाँ वर्षमा पनि उनको फार्महाउसमा जमघट हुने छैन। त्यो समयमा उनी चलचित्रको छायांकनमा व्यस्त हुनेछन्।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस