• जीवनशैली | Jiwanshaili
  • कवि सोझो गाउँले अब गीतकार पनि


    कवि सोझो गाउँलेको शब्दमा सुदूरपश्चिम तथा मध्यपश्चिम प्रदेशको स्थानीय भाषिक लवजमा लेखिएकाे ‘बालाे जोवन’ गीत सार्वजनिक भएको छ । संयाेग शृङ्गार अर्थात् प्रेममा समर्पणकाे गहिराे भाव बाेकेकाे गीत ‘बालो जोबन’ OSR digital युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

    गीतमा सुदूरपश्चिमकै युवा गायक एवम् संगीतकार विष्णु भट्टले सङ्गीत भरेका छन् भने चौधरी(थारु) गीतकी नम्मर वान गायिका अन्नु चौधरी र विष्णु भट्टले यसमा स्वर दिएका छन् I

    कवि/गीतकार सोझो गाउँले।

    केटी- रानीलेक हिउँ पड्याकाे राई सल्लाे ढल्याकाे
    साई तम्रा सासले मेराे धुकधुकी चल्याकाे ।

    केटा- पिपलबाेट पिङ हाल्याकाे एक डाेरी चुन्ड्याकाे
    सुवाका घाँटीउँदाे मेराे परानी झुन्ड्याकाे ।

    सुदूरपश्चिमकै केशव गिरीले यसलाई बजारमा ल्याएका हुन् I  गीतको भिडियोमा पुराना तथा अनुभवी मानिएका याम गुरुङकाे निर्देशन र वीरेन्द्र भाट ‘विपिन’ काे सम्पादन रहेकाे छ भने महेश महराले यसमा क्यामरा चलाएका छन् ।

    रक्षा थापा, रानी राई, रङ्गकर्मी जीवनजङ्ग थापा र कान्ती बाल अस्पतालका चिकित्सक राजु गिरीको यसमा अभिनय रहेको छ I अहिलेसम्म कविको रूपमा मात्र चिनिएका सोझो गाउँलेको यो रेकर्ड भएकाे पहिलो गीत हो ।

    ‘गीत त डायरीभरि छन् तर रेकर्ड भएकाे याे मेराे पहिलाे गीत हाे; हेराैँ श्राेताहरुले कत्तिकाे रुचाउँछन्’, साेझाे गाउँलेकाे प्रतिक्रिया थियाे । सुदूरपश्चिममा बोलिने भाषा, शब्द र बिम्वलाई टिपेर आफूले गीत लेखेको र संगीत, स्वर र भिडियाे पनि आफूलाई मन परेकाे आफ्नाे गीतलाई न्याय भएकाे कुरा उनले बताए ।

     

    हेर्नुहोस् भिडियो :

    https://www.youtube.com/watch?v=N_ko67ibWNw


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस