• जीवनशैली | Jiwanshaili
  • कल्पना-४ (धाराबाहिक उपन्यास)


    आज अक्टुवर ५ तारिख…संगमको अफिसमा मिटिङ्क छ । संगम मिटिङ्क पुग्न हतार हतार हिडिरहेको छ । मिटिङ्क पनि सकियो । डाक्टर जोन र महिला डाक्टर सोफिया अब अर्कै देश जाने … नेपालको लागि नेदरल्याण्डबाट नयाँ डाक्टर आउने । संगमले पनि डाक्टर जोन र सोफियासंग करिब तीन वर्ष सम्मकाम गरिरहेको थियो । आज संगमलाई सबै तलब निकासा गरिदिएको छ । करिब आठ महिनापछि संगमको तलब आज डाक्टर जोनले निकासी गरिदिए ।अनि ७ दिनको विदापनि मिलाई दिएपनिपुनः हाजिर हुने र आफूहरुको विदाइ गर्न आउन भनि सम्झाए …।

    संगम आज तिन वर्षपछि विदा पाएको छ । संगम पनि खुशी भएको छ । मनमा उमङ्क छाएको छ । यतिका वर्षपछि म घर फर्कने भएँ … संगमले बैंक चेक लिएर जम्मा गरेको आफ्नो तलब निकाल्न मिालयन बैंक तिर हिड्यो । संगमले बैंकबाट रु आठ लाख निकालेर ब्याग भरि पार्‍यो । एकपटक मुसुक्क हाँसेर बाहिर निस्केर बा. १ क. ३७८ नं. को ट्याक्सी चढेर आफ्नो कोठातिर लाग्यो ।

    संगम आज अति खुशी छ । किनभने धेरै वर्षदेखि नभएकी सेतै भएर सिउँदो फुलेकी चारबीस वर्ष खाइसकेकी जिन्दगीमा बाटो देखाउँदै आएकी अनि आमाबाबाले छाडेर गएपछि आमा बनेरै उसलाइ पालनपोषण लगायत न्यानो खान दिएकी हजुरआमासंग भेट हुन पाउने भएको हुँदा । संगम कोठा भित्र आफ्नो समान मिलाई सकेर पुन: एकपटक आफ्नो सुटकेश खोल्दछ । त्यहाँ एक एक हजारका नोटहरुले टम्म भरिएको छ । संगमले आफ्ना आँखा भित्ता तिरै लगाउँछ । एकपटक उठेर आमाबाबाको फोटोलाई रुमाल तानेर सफा गर्दै भन्छ हेर. तिमी …अभागीहरु आज सम्म बाँचेको भए यो दिन देख्न पाउँथ्यौ होला मैले कसरी आज अनेकौं सघर्षपछि भनेजस्तो भाको छ । आँखाबाट टिलपिल आँशू खसाल्दै ……. ति.. मी…… ले देख्न पाएनौ ‘‘‘ त के भयो मेरो यो खुशी हेर्न आतुर भएकि मेरी बुढी हजुरआमा त छिन् नि …… उफ मेरो प्रगति हेर्न बहिनी सबिता पनि त छिन् हैन ? यो बसै सम्हालिदिने अब केहीदिन पछि कल्पना पनि त हाम्रो परिवारको सदस्य बन्दैछिन् । तिमीहरुलाई के थाहा …. जहाँ राख्यो त्यहीबाट टलटल हेरि रहन्छौ । लाटा छौ हैन ….. बोल्दापनि बोल्दैनौ ….. कति निष्ठुरी रहेछौ ……हो ।

    नजिकैको सिरानी मुनिबाट रुमाल निकालेर आँशु पुछ्दछ । पुनः आमाबाबाको फोटा दिवालमै राखेर माला मिलाईदिन्छ । लामो सास तान्दछ । आँशु गहभरि छ । माफ गर ल… म छोरो भएर पनि तिम्रा लागि केही गर्न सकिन । तर मलाई बादल पारिबाटै भएपनि आशिर्वाद . देऊ है………

    घडी हेर्छ, रातको साढे नौ बजिसकेको रहेछ । संगमलाई कल्पनाको सम्झना टक्क आयो । … उसले टेलिफोन नं. डायल गर्‍यो ०८१……….. हेला नमस्ते .. हजुर कल्पनालाई दिनोस् है को हो ? कल्पना …..संगम र कल्पना बीच टेलिफोन मै भएपनि लामो कुरा भयो । संगमले आफू अहिले धेरै वर्ष पछि घर जान पाएको कुरा कल्पनालाई भन्यो । कल्पनाले पनि संगमलाई धन्यवाद दिइन् ।

    संगमले घरमा गएर सबै कुरा आफ्नी हजुरआमालाई भनेर कल्पना कहाँ भेट्न आउने कुरा कल्पनालाई भन्यो । हेर संगम हामीले आफै केही निर्णय गर्न सक्दैनौ । त्यसैले हजुरआमालार्य लिएर मेरो मम्मी अनि बुबा कहाँ आउ …. ल … कल्पनाले मनिन् । हुन्छ । तिमी जे भन्दछ्यौ त्ही गरौंला …….. ल संगमले भन्यो ल ल….. कल्पना अहिले राखौं म घरमा गएर फोन गर्दछ नि हुन्न…. ल.. त… बाई . टेलीफोनको रिसिभरलाई म्वाई खाँदै टेलिफोन राख्दछ ।
    संगम निदाउन खोज्दछ र निद्रा लाग्दैन ….. करीब साढे एक बजेतिर संगम निदाईरहेको छ ।

    संगमले विस्ताराबाटै हजुरआमालाइ टेलीफोन घुमाउँछ…
    हजुरआमाले फाेन पाउँदा कति खुसी हुन्छिन् होला । आज सम्म एक्लै दुःख दिन विताउँदै आएकी हजुर न रिसिव गर्छ । हेला….. कसलाइ खोजेको ……. ल… ल आइहाले. …… संगम हतार हतार उठेर मुख पनि नधोएरै व्याग समात्यो अनि बाहिर निस्केर जुत्ता लगायो । ढोकामा ताल बन्द गर्यो । हाँछ्यू हाँच्छू २ पटक गरेर रुमाल तानेर नाक पुछ्दै अगाडि बढ्यो । केही समयपछि बसपार्क आईपुग्यो । संगम ना. २ ख. १३६५ को काठमाडौं धनगढीको डि.वि. को ३ नम्बर सिटमा बस्यो गाडीले पनि हर्न बजाउँदै विस्तारै आफ्नो गति लियो ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस