• जीवनशैली | Jiwanshaili
  • अभिनेता रजनीकान्त अस्पताल भर्ना


    बलिउडका चर्चित अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन्। ७० वर्षीय उनलाई रक्तचापमा गम्भीर उतारचढाव आएपछि शुक्रबार बिहान हैदरावादस्थित एक अस्पतालमा भर्ना गरिएको भारतीय सन्चार माध्यमले जनाएका छन्।

    उनी भर्ना भएको एपोलो अस्पतालले विज्ञप्ति जारी गरी जानकारी गराएको थियो।

    ‘रजनीकान्तलाई आज बिहान अस्पतालमा भर्ना गरिएको हो। उनी गत १० दिनयता हैदरवादमा सिनेमाको छायांकनमा थिए। सेटका केहीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। रजनीकान्तले डिसेम्बर २२ मा कोरोनाको परीक्षण गराएका थिए र नेगेटिभ आएको थियो। त्यस दिनदेखि उनी आइसोलेसनमै थिए र उनलाई नजिकबाट निरीक्षण गरिएको थियो,’उक्त विज्ञप्तिमा भनिएको छ।

    रक्तचाप सामान्य नहुञ्जेल उनी अस्पतालमै बस्नेछन्। त्यसबाहेक उनमा कुनै समस्या नदेखिएको विज्ञप्तिमा उल्लेख छ।

     


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस