कल्पना भाग–५ (धाराबाहिक उपन्यास)
गाडीको रफ्तारसंगै संगमको मनमा विभिन्न कल्पना–परिकल्पना मानसपटलमा मडारिइरहन्छन् । गाडिमा यात्रुहरूको उत्रने र चढ्ने क्रम प्रत्येक स्टेशनमा जारी नै छ । संगमको आँखा अगाडि कल्प्नाकै तस्विर झलझली प्रतिबिम्बित भइरहन्छ । उसले धड्कन बढ्नेर घट्ने गरिरहन्छ । संगमले घरतिर सम्झन्छ ।
आज ऊ धेरै वर्षको अन्तरालपछि घरमा जान थालेको छ । प्रशस्त सम्पत्ती कमाएर फर्किएको कारण खुशी उमङ्क अनि स्फूर्ति देखिन्छ । संगम यसरी सोच्दा सोच्दै एउटा हात कन्चट अडेस लगाएर एकोहोरो भई रहन्छ । सबै यात्रीहरू आफ्नै आफ्नै धुनमा मस्त छन् ।
यो मेरो खरले बारेर बनाएको खरको छानाको सानो झुपडी अनि ढोका अगाडि रहेको तयो तुलसी मन्दिर । मेरीले तुल्सीको पूजा गरेर जल खान्छिन् हाला । अनि मन्दिरमा ढोग्दै मेरो नाति चाँढै आओस् भनेर देवता पुकार्छिन् होला । घरको अगाडिको आँपको रूखमुुिन बसेर सामायण र महाभारत सुरिलो स्वरले पढछिन् होला । किताबलाई ढोग्दै भन्छिन् होला मेरो नाति ।
अनि ऊ त्यो लामो पुच्छर गरेको मालिगाई, हिमालीगाई ती मेरी चार विस वर्षा खाएकी हजुरआमालाई विहान बेलुकी दुध दिएर गला रसाइदिन्छिन् होला । हजुरआमै अहिले त सेतै भएर कपाल पाकेको छ होला । यसरी मैल सुकेश भरी पैसाको विटो बोकेर गएको देखेपछि कति खुशी हुनुहोला प्रशस्त पैसा कमाए उहालाई सेवा पु¥याउने एउटी बुहारी भित्र्याउने उहाँको धोको ।
‘कल्पना…अहा, हजुरआमालई कल्पनाको बारेमा भन्दा कति खुशी हुनुहुन्छ हगी . हो कल्पना । हल्का कालो वर्ण पूर्णिमाको जुन जस्ती र मधुर मुस्कान लजालु स्वभाव अनारदाना जस्ता दन्त लहर । सुरिलो मिठो लठ्ठ पार्ने कोइलीको जस्तो बोली निधारमा रातो टिका रातो सारी माथि मख्मली चोली हातभरि टम्म चुरा, चलामा हरियो पोते र मंगलसूत्र अहा त्यसमाथि पनि सिउँदोमा सिन्दुर कति राम्री छैन ।
कल्पनासंग म पनि यो सानो घरमा पुप्ग्दा हजुर आमा कति खुशी हुनुहोला । हजुरआमै हातमा हरियो टपरीमा चामल अनि त्यसमाथि टिलपिल बल्ने बत्ती बालेर वर सम्म लिन आउनु हुन्छ होला है । अनि उनै हजुरआमाले काखमा लिँदै पिर नगर बुहारी सहन र संघर्ष गर्न सिक । म. जस्तै ल.. संगमले यतिपैसा कमाएको छ कि उसले तिमीलिाई कहिल्यै दुःख दिनेछैन । अनि कल्पनाले सुत्नेबेलामा आमौ आफ्नै नाति अनि बुहारीसँगै बस्दा कति आनन्दको अनुभव गर्दछिन् ।
बहिनी सबिना पनि त अब चेली बनेर तिज तिहारमा आउँछन होला नि अनि अनि त . उनले कसरी मुसुक्क हाँस्दै भन्छिन् होला हैन कल्पना भाउज्यु, सरी नै संगमले कल्पनाका महलहरू निर्माण गर्दै थियो । धेरै ठाउँमा गाडिको चेकिङ्क गर्दा २४ घण्टाको बाटो ४८ घण्टा लाग्ने गर्दथ्यो ।
एक्कासी गाडि एउटा स्टेशनमा गएर विश्राम लियो । गाडीका सबै यात्रुहरू गाडिबाट ओर्लिए । गाडिको हेल्परले सबै यात्रुलाई खाना खान सुचित ग¥यो संगम मिठो कल्पनामा डुबिरहेको थियो । उसका हाउभाउ र स्फूर्ति झन झन क्रमिक रूपमा बढ्दै थिए । उसले पुनः आफ्नो सुट्केश खोलेर हे¥यो । मुसुक्क हास्यो । यो सबै हजुरआमै र सबिनाको पभाव हो भन्ने सम्झिन्यो ।
संगम खाना खान तल झरेर चारैतिर आफ्ना नजर फिरायो । उसको आँखाले बाग्लुङ्क होटल एण्ड लज देख्न पुग्यो । गाडि आएर गोरूसिंगे भन्ने ठाउँमा पुगेको रहेछ । संगम पनि हेर्दा मान्छे भलादमी अनि खान्दानी जस्तै लाग्दथ्यो । हल्का खैरो कपाल आँखामा चस्मा सुटमाथि रातो टाई ।
संगम खाना खाएर एक पटक आफ्नो मुटुकी धड्कन कल्पनालाई सम्पर्क गर्न टेलिफोन नम्बर डायल गर्यो तर सम्भव भएन । टेलीफोन उठेन । संगम गाडि भएतिर आफ्ना पाइला बढायो । गाडिको ढोकामा उसल एक अपरिचित व्यक्तिलाई देख्यो । लामो कपाल कानमा मुन्द्रा मोटा न मोटो भुसतिघ्रे उक्त व्यक्तिले संगमको जस्तो सुटकेश समातेको थियो । संगम झस्कियो, छिटोछिटो आफ्नो सुटकेश हेर्न पुग्यो । दुःखको कुरा उसको सुटकेश कसैले हात पारिसकेको थियो । हतरा हतरा संगम उक्त व्यक्तिलाई समात्न लम्कियो ।
संगम ल… ल. चोर समात समात लौ चोर । संगम उक्त व्यक्तिको पिछा गरिनै रह्यो । रोडमा दगुर्दै दुर्भाग्य भन्यौ वा दैवको खेल.. संगमलाई लु १. झ. १२३४ को मोटरसाइकलले ठक्कर दिन पुग्यो ।
संगम रोड मै लखतरान भएर लदरम्म पल्टियो । संगम उठ्ने प्रयास गर्यो तर चोट धेरै भएकोले उठ्न सकेन । संगमले चर्को स्वरमा गुहार माग्यो, दैवले ठगेपछि कसको के लाग्दो रहेकछ । संगमको साथ दिने कोही भएन । सायद संगमलाई ठक्कर दिने व्यक्ति पनिउही चोरकै सहकर्मी थियो । संगम कराउन थाल्यो । लौन मलाई अन्याय भयो बचाउ न लौन केही समय पछि संगम बसेको बसकै कन्डक्टरले देखेर उसले आफ्नो गाडिको यात्री भन्ने चिन्यो । संगमलाई उसले हात समातरे गाडीमा बसाल्यो ।
अब संगम कुन मुख लिएर आफ्नो घर जाओस् फेरि अब उसले कसरी त्यसी आफ्नो ज्यानको बाजी लगाएर जम्मा गरेको महनत कसरी भूलोस् । उसका सम्पूर्ण कल्पनाले सजिएका सुसोजित काल्पनिक महलहरू यथार्थले जम्मै भत्काईदियो । ऊ अब गहनले दबाएको चन्द्रमा भनौ वा बादलले ढाकेको सूर्यजस्तो भयो । संगमको आँखामा आँशुको भेल छरबलाउन थाल्यो ।
तर झिनो आश िलएर संगम घरतिरै बढेको गाडीमा चढ्छ । हुन त बुढा पाकाको उखान ऊ काठमाडौंबाट हिड्दा दुई पटक हाछ्यू भएको थियो । तर उसले त्यसको केही वास्ता गरेन । गहभरि आँशु मनमा भारी पीडा अनि छातीमा भक्कानो गाँठो पारेर गाडिमा जिउँदो लास जस्तो भएर बसेको थियो । साँझ करीब ६ बजे उक्त बस धनगढी बसपार्कमा पुगेर अन्तिम गति टुङ्कियो ।
संगम मनभरी पीडा आँखाभरि साउने झरि खुट्टाको घाउ भएपनि आफ्नो हजुरआमालाई भेट्न सम्पूर्ण पीरलाई भुलाएर खो हाँसो हास्दै आफ्नो पाराले झुपडीतिर आफ्ना असफल पाइला बढायो ।
(यो उपन्यास प्रत्येक साता प्रकाशित गरिनेछ।)
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस