• जीवनशैली | Jiwanshaili
  • ५५ वर्ष लागे सलमान खान, कहिले गर्दैछन् बिहे ?


    बलिउड सुपरस्टार सलमान खानले आफ्नो ५५ औँ जन्मदिन आज मनाउँदै छन्। सन् १९६५ डिसेम्बर २७ अर्थात् आजकै दिन पिता सलिम खान र माता सल्मा खानको कोखबाट उनको जन्म भएको थियो। बलिउडका स्टार अभिनेता सलमानले भारतीय फिल्म इन्डष्ट्रीमा थुप्रै अवार्ड जितेका छन्। दुई पटक भारतीय नेशनल अवार्ड जितिसकेका ५५ वर्षका अविवाहित खान अझै युवाको जस्तै जोश भएका छन्।  विश्वका महंगा अभिनेतामा उनको नाम पनि अग्र स्थानमा छ।

    खानले सन् १९८८ मा फिल्म बिबी हो तो ऐसीबाट डेब्यू गरेका थिए। त्यसपछि उनले आफूलाई कहिलै पछाडि फर्केर हेर्नुपरेन्।  उनलाई कालो हरिण मारेको आरोपमा जोधपुरको अदालतले पाँच वर्ष जेल सजाय तोकेको थियो। उनी दुई दिन जोधपुर जेल बसेका सलमानलाई सन् २०१८ अप्रिल ५ मा २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

    १ अक्टोबर १९९८ को रात सलमान र उनका साथीहरुले जोधपुर नजिकै कांकाणी गाउँमा संरक्षित वन्यजन्तुमा रहेको दुई कालो हरिणको शिकार गरेका थिए।  त्यस्तै सन् २००२ मा उनीमाथि मुम्बईको फुटपाथमा सुतिरहेका मानिसलाई गाडीले किचेर मारेको अभियोगमा तल्लो अदालतले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो। त्यसको १३ वर्षपछि उनलाई मुम्बई उच्च अदालतले २०१५ मा निर्दोश सावित गरेको थियो।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस