रजनीकान्तले फिर्ता लिए राजनीतिमा आउने निर्णय, विधानसभा चुनाव नलड्ने घोषणा
एजेन्सी- भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिमा आफू नजाने निर्णय गरेका छन्। उनले खराब स्वास्थ्यका कारण चुनावी राजनीतिमा नजाने निर्णय गरेका हुन्। मंगलवार तमिलमा एक चिठी लेख्दै उनले चुनाव नलडी बाहिरैबाट सेवा गर्ने बताएका छन्।
उनी २५ डिसेम्बरमा ब्लड प्रेशरमा उतारचढावका कारण हैदराबादको अपोलो अस्पतालमा भर्ना भएका थिए। उनलाई डाक्टरले एक हप्तासम्म बेड रेस्टको सल्लाह दिएका छन्।
३ डिसेम्बरमा उनले नयाँ पार्टी बनाउने घोषणा गरेका थिए। जसका लागि ३१ डिसेम्बरमा नयाँ पार्टीको घोषणा गर्ने उनको योजना थियो। अब भने उनले २०२१ को विधानसभा चुनाव पनि नलड्ने बताएका छन्।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस