• जीवनशैली | Jiwanshaili
  • अमिताभ बच्चनले फेसबुक प्रयोगकर्तासँग किन मागे माफी


    एजेन्सी- भारतीय फिल्म उद्योगमा महानायक अमिताभ बच्चनले एकजना फेसबुक प्रयोगकर्तासँग लिखित माफी मागेका छन्। मोबाइलमा बज्ने कोरोना सम्बन्धी कलर ट्युन जब उनका प्रशंसकहरु मध्ये एकले उनलाई यो बन्द गर्न अनुरोध गरे तब अमिताभले उनीसँग माफी मागेका छन् र यो बन्द गर्न आफ्नो हातमा नभएको प्रष्ट पारेका छन्। अमिताभले लेखेका छन्, ‘तपाईको दुःखको लागि क्षमा प्रार्थी छु।’

    क्षमा त्रिपाठी नामकी फ्यानले लेखेकि छन् ‘हामी तपाईको इमान्दारीता र कलाकारीता मन पराउछौं त्यसैले तपाईलाई आदरणीय भनिएको हो। अब तपाईको कोरोना कलर ट्यून बन्द गर्नुहोस्।’ त्यसको जवाफमा बच्चनले लेखेका छन्, ‘यो कलर ट्यून मैले राखेको होईन जनचेतनाका लागि भिडियो बनाउने भन्दै सरकारकोे आग्रहमा रेकर्ड गरिएको आवाज हो, अब यसलाई कलर ट्युन बनाइयो म के गर्न सक्छु ? म देश र समाजको लागि जे पनि गर्छु, म सित्तैमा गर्छु। यदि तपाई यसबाट असन्तुष्ट हुनुहुन्छ भने, म क्षमा चाहन्छु। तर यो विषय मेरो हातमा छैन।’

    उनले केहि दिन अघि पनि आफ्नो फेसबुक तथा ट्विटर ह्याण्डलबाट एउटा कविता पोस्ट गरेको आरोपमा माफी मागेका थिए। आफ्नो फेसबुक तथा ट्विटर ह्याण्डलबाट टिशा अग्रवाल नामकी एक महिलासँग अमिताभले माफी माग्नु परेको हो।

    अमिताभको त्यो पोस्टको कविताले वाहवाही पायो। तर वाहवाहीको प्रसङ्ग चलिरहँदा नै टिशा अग्रवाल नामकी महिलाले उक्त कविता आफ्नो भएको दाबी गर्दै अमिताभले कविता पोस्ट गर्दा आफ्नो नाम उल्लेख नगरेको गुनासो पोखिन्।

    टिशाको त्यो पोस्ट भाइरल बन्यो। अमिताभ माथि अनेकौं आरोप लागे। अंततः अमिताभले टिशा अग्रवालको नाम उल्लेख गर्दै यो कविता उनको भएको भनी सार्वजनिक रूपमै माफी मागेका थिए।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस