• जीवनशैली | Jiwanshaili
  • सलमानको चलचित्र ‘राधे’ ले रिलिज नहुँदै कमायो २ सय ३० करोड भारू


    एजेन्सी- बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘राधे’ ले रिलिज नहुँदै २ सय ३० करोड भारतीय रुपैयाँ कमाएको छ। सलमानको प्रोडक्सन हाउस ‘सलमान खान फिल्म्स’बाट बनेको उक्त चलचित्र जी स्टुडियोलाई २ सय ३० करोड भारूमा बेचिएको छ।

    सलमानले २ सय ३० करोड भारूमा उक्त चलचित्र जी स्टुडियोलाई बेचेका हुन्। पोष्ट प्रोडक्सन हुन बाँकी रहेका बेला सलमानले राधेको उपग्रह, नाट्य, डिजिटल र संगीतको अधिकार २३० करोडमा बेचेका हुन्। भारतीय सन्चार माध्यम बलिउड हंगामाका अनुसार कोरोना महामारीको समयमा यो सबैभन्दा ठूलो सम्झौता हो। जुन लकडाउनको समयदेखि छलफल चलाए पनि डिसेम्बरको अन्त्यतिर सफल भएको हो।

    यसअघि ‘राधे’ लाई यश राज फिल्म्सले फिल्म हलबाट कमिसनको आधारमा सार्वजनिक गर्ने भनिएको थियो। तर जी स्टुडियोसँग सम्झौता भएपछि यो जिम्मा पनि उसकै हातमा पुगेको छ।

    यो चलचित्रमा सलमानसँगै दिशा त्रिपाठी, रणदीप हुडा, ज्याकी श्राफ, गौतम गुलाटी लगायत कलाकारको अभिनय छ। यो चलचित्र सन् २०२१ को इदसम्ममा सार्वजनिक हुनेछ।

    प्रभु देवाले निर्देशन गरेको यो चलचित्र कोरियन चलचित्र ‘द आउटलजस्’ को रिमेक हो।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस