कविता : प्रशिक्षण
आमाले मलाई
आइमाई बन्ने प्रशिक्षण दिइरहनुभयो
कसरी बोल्ने
कसरी हिँड्ने
कसरी खाने
कस्तो काम गर्ने
कस्तो नगर्ने
कति बजे उठ्ने
कति बजेसम्म हिँड्ने
कहाँसम्म जाने
कहाँ नजाने…
यो प्रशिक्षण हजुरआमाले
आमालाई दिनु’भो
आमाले मलाई दिँदैछिन्
सायद मैले पनि दिनुपर्ने छ
तर,अब पालो मेरो हो
प्रशिक्षक बन्ने
मेरो प्रशिक्षार्थीहरू
आईमाई बन्ने छैनन्
उनीहरू मान्छे बन्नेछन्
आफ्नो वरिपरि कहिले परिधि देख्ने छैनन्
आकाशजस्तै अनन्त हुनेछ उनीहरुको यात्रा
हरबखत भत्काउनु तयार हुनेछ
पितृसत्ताले बनाएको ग्रेटवालहरू
सबैसबै थोत्रो संरचनाहरू भत्काएर
आउने पिढीले
समानताको सत्ता चलाउनेछ
त्यहाँ केवल सबै मान्छे हुनेछन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस