सलमान खानका भाइहरुविरुद्ध उजुरी
भारतीय अभिनेता सलमान खानका भाइ सोहेल खान र अरबाज खानलाई कोरोनाको निर्देशन उल्लंघन गरेको आरोप लगाइएको छ। सोही कारण देखाइ अरबाज, सोहेल र सोहेलका छोरा निरवानविरुद्ध एफआईआर दर्ता गरिएको छ। अरबाज, सोहेल र उनका छोरा निरवानका लागि मुम्बईको ताज होटलमा क्वारेन्टिनको व्यवस्था मिलाइएको छ।
वास्तवमा सोहेल खान, उनका छोरा निरवान खान र भाई अरबाज खान तीनै जना २५ डिसेम्बरमा युएईबाट मुम्बई आएका थिए। फर्केपछि यी सबै ताज होटेलमा अलग्गै बस्नुपर्थ्यो तर त्यसो बसेनन्। त्यसपछि मुम्बई महानगरपालिका ९बीएमसी० ले तीनजनाविरुद्ध ऊजुरी दर्ता गरेको छ।
उनीहरुमा अनुसन्धान गरियो र बयान पनि लिइएको छ। त्यसपश्चात् नियम तोडेको आरोपमा ऊजुरी दर्ता भएको बताइएको छ। महाराष्ट्रमा बेलायत, युरोपेली देश र यूएईबाट आउने सबै यात्रीलाई १४ दिनको इन्स्टिच्युशनल क्वारेन्टिनमा बस्नैपर्ने नियम बनाइएको छ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस