रहेनन् गीतकार भैरवनाथ रिमाल कदम
वरिष्ठ गीतकार भैरवनाथ रिमाल कदमको निधन भएको छ । शनिबार बिहान कदमको निधन भएको पारिवारिक स्रोतले बताएको हो।
१९९३ माघ २० गते ठमेलमा जन्मिएका रिमाल कवि एवं गीतकारका रूपमा चर्चित छन् । कदमले लेखेको जुन फूल मैले चाहेको थिएँ, उदास मेरो जीवन कथा लगायत गीत चर्चित छन्।
गायक दीप श्रेष्ठका अनुसार रिमाललाई उर्जाशील गीतकार हुन् । श्रेष्ठका अनुसार छोटो समयमा पनि धेरै गीत सृजना गर्न सक्ने क्षमता भैरवनाथ रिमालसँग छ । रिमालको शब्दमा दीप श्रेष्ठले एक दर्जन गीत गाएका छन् । दीप भन्छन्, ‘एकै भावमा गीत नलेखी राष्ट्र, राष्ट्रियता, प्रेम–प्रणय र वेदनाका फरक–फरक शैलीका गीत लेख्ने एकमात्र गीतकार रिमाल हुनुहुन्छ ।’
भैरवनाथका दुई दर्जन बढी गीतमा संगीत गरेका संगीतकार शुभबहादुर, कदमलाई नेपाली संगीतले पाएको विशिष्ट गीतकार मान्छन् । शुभबहादुरका अनुसार आफ्नो जीवनको वेदना पनि अरुलाई छुन सक्ने गरी गीत लेख्ने कुशलता रिमालमा छ । संगीत बुझ्न सक्ने क्षमता रिमालमा रहेको शुभबहादुरले बताउँदै आएका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस