• जीवनशैली | Jiwanshaili
  • धाराबाहिक उपन्यास ‘कल्पना’ (भाग–७)


    संगम अब कता जाने भनेर सोच्नै सकेन । उसको जिन्दगी चुरोटको धुँवा संगै उड्न थालेको छ । संगम सधै आँखा फुटेको गोरु जस्तै गरेर हिड्छ । ऊ अब आफ्नी बहिनी सबिना संग भेट नभएको धेरै भयो ऊ सरासर सबिनाको घर तिर लाग्दछ । सविनाको घरको ढोका बन्दछ । सुनसान छ, पहिले त्यति रमाइलो तानसेन नगरी नरमाइलो र उजाडलाग्दो छ । मुसुक्क हाँसेर पाल्पालाई सिंगार्ने श्रीनगर पनि मौन देखिन्छ । ती नारायण मन्दिर पनि एउटा थुम्को जस्तो धेरौ साझ सम्म संगम घरको बरन्डामा बसिरहेको छ । सबिना आइनन् । राती डिउटी गएर हो की . विहान साढे बाह्र भइसक्यो अझै आइनन् । संगम सविनालाई भेट्न मिसन हस्पिटल नै पुग्यो । उसले डा. पवन मरठा संग सोेध्न पुग्यो ।

    सविना कोठा नं. ११ को बेड नंं ७ मा मृत्यु सँग संघर्ष गरिरहेकी छिन् । संगम त्यही पुगेर सविनालाई भेट्यो । सविनाको स्थिति नाजुक थियो । उनी छिनमै बेहोस हुने, र छिनमै चेष्टा हुने गर्दथी । संगमलाई देख्ने वित्तिकै सविनाको आँखाबाट आँशु कोमुल फुटेर तकीयको बाँधसमम पुग्यो …. । सविना बोल्न खोज्छिन । अँ दा…दा.. आ… संगमको आँखाबाट पनि साउने झरि बररररर आँशु पिउँदै सविनको आँशु रुमाल झिकेर पुछिदिन्छ ।

    सविनाको दायाँतिर एउटा हातमा सलाइन झुण्ड्याइएको छ । थोपा… थोपा गर्दै सलाइन खस्छ । केही हुँदैन सविना ठीक हुन्छ । पीर नगर सुक सुक सुक आँशु पुछ्दै केही बाँकी राखिएन उनको दुबै मृगौला फेलियर भएर काम नगर्ने भएको छ । डाक्टरका अनुसार एउटा सम्म मृगौला भए बचाउन सकिने भन्ने भनाई छ । संगमले त सोच्यो मैले आज सम्म कसैलाई केही पनि दिन सकेको छैन । सविना त मेरी आफ्नै बहिनी हो । उसको लागि मैले एउटा मृगौला दिँदा .. कसैलाई जीवनमा दान दिनु भनेको ल…. डाक्टर सविनालाई एउा मृगौला प्रत्यारोपण गरि अर्को जीवन . तपार्य सविनालाईको के पर्ने …. ? डाक्टरले सोधे । म..म.म..म.. दा……दा. हुँ आँखाबाट वर्षा गराउँदै । यस्तो संगमको ममता देखेर डाक्टरको मन पग्लियो । फेरि सबिनाले मिसनकै स्टाफ पनि त हुन् ।
    डाक्टरले संगम र सविनाको एकै साथ अपरेशन गरेर संगमको मृगौला सविनाको मा प्रत्यारोपण गरिदिए ।

    महिनौ दिनपछि सविनाको शरीमा फरक हुँदै गयो । संगमको अपरेशन गरेको घाउ पुरै सन्चो भएको छ । संगम सविनाको स्याहार सुसार गर्दा गर्दै धेरै समय पाल्पा मै वितायो ।
    आज पुन ः सविनाको हाँसो खुशी पहिले जस्तो घुमेको छ । यो सबै संगमले उनलाई नयाँ कल्पना नगरेको जीवन दान दिएको छ । संगमले हजुरआमा अनि कल्पनाको बारमा सविनालाई सुनायो । सविनालाई एउटा खुशी र एउटा दर्दनाक बेदना । सविनाले संगमलाई सम्झाइन् । विगतका कुरा विर्सेर नयाँ संसार … नयाँ िजीवन .. नयाँ विहानीको निर्माण गर्न । जाने निश्चित भयो । हुन त सात दिनपछि पर्कने ंगम आज ६ महिना पछि कान्तिपुरी नगरी जाँदैछ । दादा रोएर होइन हाँसेर बाँच सक्नु पर्दछ । फेरि तपाईले विचरी कल्पनाको लागि पनि त केही न केही त गर्नै पर्दछ । निर्दोष नारीको पवित्र आत्मालाई किन डढेलो लगाउनु हुन्छ । के तपाईको जीवनका आँधीवेह्रीको सिर्जना गराउँने कल्पना हो र ? दादा हजुरले म बहिनीकै लागि भएपनि मुरा नै जागीरमा जानुपर्दछ । सविनाले सिरियस भएर नम्र सहनुभूति दिँदै …. ।
    संगम आज काठमाडौं जाँदैछ । उसलाई अरु दिन भन्दा आज केही फरक लाग्दैछ । त्यो श्री नगर त्यो बतासे डाँडा ती बस्ती ती सल्लाघारी त्यो नारायण मन्दिर अनि पयारो तानसेन नगरी लगायत टुँडीखेल मैदान र माडीफाँटले पनि सदाको लागि नै संगमलाई विदाइ गरेजस्तो लागदछ । संगमको पिंगामा मौन रहेका हुन वा उसको हजुरआमैको शोकमा मौनधारण गरेका हुन ति स्थानहरुले …… ।

    संगम र सविना दादा बहिनी केही तल सम्म झे जुन बाटोको ठाडो गल्ली थियो । एकैछिनमा उनीहरु बसपार्क सम्म आइपुगे । संगमले काठमाडौंको टिकट लियो । उसले लु.१. ख. १४० नं. को सितारामा काठमाडौं जाने भयो ।
    खै … दैवको खेल प्रकृतिको नियम या त समयको चक्र .. रातपछि दिन अनि मिलन पछि विछोड संग जिनदगी भनेको आँशु र हाँसोको संगम नै रहेछ । हुन त संगमको जिन्दगी आँशुकै सागर भएको थियो । उसको छातीमा डेढेलो त दन्कीरहेकै थियो । .. त्यसैमा अझै पेट्रो थपियो । सगरमाथा डुबे जस्तो भयो । संगम छाँगाबाट खसेझैं भयो । जो हुनै नसक्ने काम भयो ।

    संगम डाको छोड्दै स….वि…….ना……. आ. भन्दै सविनालाई अंगालो मार्न पुग्यो । एकै छिनमा चारैतिरबाट मानिको भीडले घे¥यो । संगम सविनालाई अंगालोमा बाँधेरी बेहोसी तालमा गुहार माग्दछ । सविना मेरो आँशु पुछ्दै भन्थे उनी दादा म छु नी तपाईको ‘ आज किन छोडेर गयौ । अचानक कसैले चलाएको गोली सविनाको टाउकोमा लागेर सविनको निधन भएको थियो । टाउकोबाट बगेको रगत पैताला सम्म पुगेर रगताम्य भएको छ । संगमको पनि जम्मै शरीर रगतै मुछिएको छ । खै.. यो निष्ठुरी दैवले पनि सुन्दर संसारको सृष्टि गरेर फेरि कोपिला फक्रन नपाउँदै कोपिलामै किन निमोठ्छ…. ।

    सविनाको तयो स्थिति देख्दा आँशुको भेटि नचढाउने मान्छे विरलै थिए होला । एकै छिनमा जिलला प्रहरी कार्यालयबाट एम्बुलेन्स आयो । भिड हटयो । संगमलाई सम्झाउँदै सविनाको सब पोष्ट मार्टमको लागि जिल्ला अस्पतालको तिर लग्यो । संगम अब त झनै पागल जस्तो भयो । दुःख माथि दुःख । यदि आँशुले पीर हट्ने भए संगम आँशुको सागर बगाउन सक्थ्यो । यदि संगम मरेर फर्कने भए उ आफू मर्न सक्थ्यो । अब उसको यस संसारमा बाँच्ने कुनै सहारा नै भएन । संगम सडकमा बटुवा जस्तो भएको छ । संगम आफै बरबराउँदै हिड्ने कहिल्यै अनायासै कसैलाई झम्टिने भएको छ ।
    संगम काठमाडौं कै पुरानो अफिस युनाइटेड मिशन टु नेपाल मा आज १ वर्ष पछि पुग्यो । त्यहाँ डाक्टर जोनर सोफिया नभएर अरु कोही थिए । उसले आफ्नो सम्पूर्ण परिचय दियो । आफ्ना पुराना प्रमाण देखायो । तर ति विदेशी बाँद नै थिए संगमको कुै कुराको त्यहाँ कदर भएन । हुन त संसार यस्तै छ । व्यक्तित्व भन्दा व्यक्तिको कदर हुन्छ यहाँ… ।

    कुइरेको एउटै भनाई थियो ओ नो वी आर सरी वी वील कल यु आफ्टर वान्टेड सरी माफ गर्नुहोस् अहिले हामी असक्षम छौ तर आवश्यक भएमा हामी तपाईलाई बोलाउने छौ्रं ।
    संगम अब कता जाने भन्ने कुनै ठेगान रहेन । अब त झैन राजधानीमा गल्ली गल्लीमा केरा आँप सुन्तलाका बोक्रा समेत खान पुग्यो । राजधानीमै उसको के थियो र ? संगम दिनभरि कता हो कता साँझमा गौशाला चोकको किनारमा सुतेको भेटिन्थ्यो । काठमाण्डौका खाते संगै उसले दिनभरि प्लाष्टिक फलामका टुक्रा खोज्ने र त्यही बेचेर आफू पालिन थाल्यो । तर उसले चुरोट सुर्ति रक्सी खाए बस्थ्यो । उसको जिन्दगी भुस्याहा कुकुर भन्दा केही फरक रहेन ।
    आजा वाला चतुर्दशी भन्ने संगमलाई थाहा भयो । र आफ्ना स्वर्गवासी आमा बाबा अनि हजुरआमाको नामा सतविऊ छर्नुपर्छ ।. तर उसँग केही नभएको ….. तर उसले पशुपछि गएर स्वर्ग बासीहरुमा २ थोपा आँशु अर्पण ग¥यो । संगम फर्कदै….. सडकमा एकजना बालकलाई गाडिले हानेर बालकको खुट्टा भाँचिएको रहेछ । संगमले उसलाई आफ्नो पींठमा बोकेर बालकको घर सम्म पु¥यायो । बालक हर्ष सुवेदीको छोरा । धुम्बाराही निवासी रहेछ ।

    संगमले सबै घटनाको विवरण बतायो र आफ्नो बोरमा पनि हर्ष सुवेदीले नभनेर सुखै दिएनन् । संगमलको दुःखद जीवन कहानी र उसको तयो परोपकार देख्दा आाखा रसाएर धमिलो भयो । हर्षले संगमलाई सधै आफ्नो घरमा बस्न आग्रह गरे र आभरसिज प्रा.लि. मा पनि जागिर लगाइदिए । संगम सधै अफिस जान्थ्यो । साँझ र कोठामा आएर हर्ष दाइका छोराछेरीलाई काम गर्न थाल्यो ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस