हलिउड फिल्म ‘जुमान्जी ४’ बन्ने तयारीमा, द रकले मागे महँगो पारिश्रमिक
एजेन्सी- हलिउडका चर्चित अभिनेता तथा पूर्व रेसलर ड्वेन जोहन्सन ‘द रक’ विश्वकै महँगा कलाकार मानिन्छन् ।
हरेक वर्ष बढी पारिश्रमिक बुझ्ने कलाकारमा गनिने द रकले नयाँ फिल्मको लागि महँगो पारिश्रमिक माग गरेका छन् । उक्त फिल्मको लागि द रकले ५ सय ५५ करोड पारिश्रमिक मागेको बताइएको छ ।
हलिउड फिल्म जुमान्जी बक्सअफिसमा धमाकेदार कमाई गरेका मध्य एक फिल्म हो । ‘जुमान्जी: वेलकम टू द जंगल’ र ‘जुमान्जी: द नेक्स्ट लेभल’ ले पनि दर्शकको मन जित्न सफल भएको थियो । अहिले जुमान्जीको चौथो सिरिज बन्ने तयारीमा रहेको छ ।
सन् २०२१ को डिसेम्बरमा रिलिज गर्ने तयारी गरिएको यस फिल्ममा दि रकलाई नै अफर गरिएको छ । यसअघिको दुई सिरिजमा उनले कूल २३.५ मिलियन डलर पारिश्रमिक बुझेका थिए ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस