ऋषि कपुरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ सेप्टेम्बरमा रिलिज हुने
स्वर्गीय अभिनेता ऋषि कपुरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ २०२१ काे ४ सेप्टेम्बरमा उनको जन्मदिनमा रिलिज हुने भएको छ। यस फिल्मको छायांकन अझै अपूर्ण छ। ऋषिले पनि आफ्नो सम्पूर्ण भूमिका निभाउन सकेनन्।
फिल्म पुरा गर्न परेश रावलले ऋषिको भुमिका निर्वाह गर्न सहमती समेत दिएका छन्। यो एक संवेदनशील कदम पनि हो। जुन हिन्दी फिल्ममा अहिलेसम्म उठाइएको छैन। फिल्म निर्माता र परेशले ऋषिको सम्मानका लागि फिल्म पुरा गरेर रिलिज गर्ने निर्णय लिएका हुन्।
रितेश सिधवानी र फरहान अख्तरले निर्माता रहेको फिल्मका निर्देशक हितेश भाटिया हुन्। हितेशको डेब्यु निर्देशन रहेको यो फिल्मले ६० वर्षका ब्यक्तिको जीवनमा आधारित कथा उठाएको छ। लामो समयसम्म क्यान्सरसंग जुधिरहेका ऋषि कपुरको २०२० काे ३० अप्रिलमा ज्यान गएको थियो।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस