• जीवनशैली | Jiwanshaili
  • सलमान खानका बडीगार्ड शेराको मासिक तलब २ करोड


    एजेन्सी- बलिउडका सुपरस्टार नायक सलमान खान, उनको चर्चा बलिउडमा मात्र नभइ विश्वभर रहेको छ । सलमानसँगै उनका बडीगार्ड शेरा पनि निकै चर्चित छन् । तर शेराबारे विस्तृत जानकारी निकै थोरैलाई मात्रै थाहा छ ।

    शेराको वास्तविक नाम गुरमित सिंह जोली हो । शेराको जन्म मुम्बईको एक सिख परिवारमा भएको थियो । शेराले सन् १९८७ मा मिस्टर मुम्बई जुनियर जितेका थिए । त्यसको अर्को वर्ष उनले मिस्टर महाराष्ट्र जुनियर प्रतियोगितामा भाग लिएका थिए ।

    सलमानले आफ्ना प्रिय बडिगार्ड शेरालाई मासिक तलब २ करोड रुपैयाँ दिने गरेको भारतीय सञ्चार माध्यममा उल्लेख गरिएको छ।

    शेराको आफ्नै एउटा सेक्युरिटी एजेन्सी छ जसले व्यापारी र सेलिब्रिटीलाई सुरक्षा प्रदान गर्ने गर्छ । शेरा अब सलमानको परिवारको सदस्यजस्तै भइसकेका छन् । उनले आफ्नो जीवनको अन्त्यसम्मै आफू भाइसँग नै रहने बताएका छन् ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस