गायक दुर्गेश र प्राचीलाई पुत्र लाभ
काठमाडौं- गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । एक वर्ष अगाडि वैवाहिक जीवनमा बाँधिएका दुर्गेश र श्रीमती प्राची लामाको पहिलो सन्तानको रुपमा छोरा जन्मेको हो ।
काठमाडौंको ह्याम्स अस्पतालमा शनिबार बिहान करिब ८ बजे प्राचीले छोरालाई जन्म दिएकी दुर्गेशले जानकारी दिए । अहिले आमा र छोरा दुवैको स्वास्थ सामान्य रहेको पनि उनले जानकारी दिए ।
विवाहलाई गोप्य राख्दै आएका दुर्गेशले छोरा जन्मिएको खबर भने आफ्नो फेसबुक एकाउन्टबाट सार्वजनिक गरेका हुन् ।
उनले फेसबुकमा नयाँ मान्छेलाई सुनौलो संसारमा स्वागत छ भनेर आफू पिता बनेको कुरा सार्वजनिक गरेका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस