• जीवनशैली | Jiwanshaili
  • ८ वर्षीया छोरीलाई पढाईको महत्व बुझाउन ट्विंकल खन्ना हरेक दिन उनीसँगै २५ पाना पढ्छिन्


    एजेन्सी- भनिन्छ पैसा र प्रसिद्धिले बच्चाहरुलाई खराब बाटो तिर लैजान्छ। तर बलिउडमा धेरै सेलिब्रेटी आमाहरू छन्, जसले आफ्ना बच्चाहरूको पालनपोषणका लागि उदाहरणीय बनेका छन्। अभिनेत्री ट्विंकल खन्नाले आफू र छोरीको लागि हरेक बिहान केही किताबका २५ पृष्ठ पढ्ने लक्ष्य राख्छिन्। जसले गर्दा छोरीलाई पनि पढ्ने बानी बस्ने र यसको महत्त्व बुझ्ने उनको विश्वास छ।

    अभिनेता अक्षय कुमारकी पत्नी तथा लेखक ट्विंकलले सोशल मीडियामा यसबारे पोस्ट साझा गरेकी छन्। सो पोष्टमा उनले आफू र आफ्नो ८ वर्षीया छोरीसँगै पुस्तक पढ्दै गरेको देखिन्छ। ट्विंकलले पोष्टमा लेखेकी छन्, ‘मैले ८ वर्षे छोरी नितारालाई भने तिमीले हरेक दिन २५ पृष्ठ पढ्नु पर्छ। म पनि पढ्ने छु। उसले सोधिइन्- तर तपाईलाई होमवर्क कसले दिन्छ त मम्मी ? जवाफमा मैले म आफै दिन्छु भनें। सबैभन्दा कठिन काम भनेको नै यहीं हो। तपाई आफैले आफैलाई टारगेट दिनुहुन्छ जसमा आफैं अडिग रहनु एकदमै जटिल विषय हो।’

    बिहान उठ्नेपछि हामीले हरेक दिन आफूले बनाएका नियमहरुकाे पालना गर्नु उत्तम हुन्छ। यो जरुरी छैन कि २५ पाना नै पढ्नुस तर ५ पाना भएपनि पढ्नु पर्छ। यसले हामीले बनाएका अनुशासनलाई मेन्टेन गर्न मद्दत पुग्दछ।

    ट्विंकलले प्रायः आफ्ना हरेक दिनको अनुभवहरू बच्चासँग साझा गर्छिन्। उनले प्यारेन्टिङ सम्बन्धी सुझावहरू पनि दिने गर्छिन्। उनले यस सम्बन्धी दुईवटा पुस्तक पनि लेखेकी छन्।

    यी अभिनेत्रीहरू पनि छैनन् कम

    जीवनशैलीः शिल्पा शेट्टीले योग अपनाईन्। उनी प्रायः छोरा भिवानसँग योग गरेको देखिन्छिन्। छोरालाई प्रेरित पनि गर्छिन्।

    स्वास्थ्यः माधुरी दीक्षित आफ्ना दुबै बच्चाहरुलाई हरेक दिन बिहान उठ्ने बित्तिकै आफ्नो हातहरू धुन, सुत्नु अघि र बिहान दाँत माझ्न सिकाउँछिन्। जति नै ढिलो भए पनि उनी आफैंले पनि यी सबै कुराहरु पछ्याउँछिन्।

    अभ्यासः डिजाईनर सुसैन खानले आफ्नो निर्णय आफै लिन्छिन्। बच्चाहरूलाई पनि उनीहरूको निर्णयहरू लिन सघाउँछिन्। ताकि तिनीहरूमा आत्मविश्वस्वास बलियो बढाेस्।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस