सवाल–शहीदगेट
शहीदगेट !
केही थान हँसियाकार प्रश्नहरू
तीखा चुच्चाले ठुँगिरहन्छन्
नौनीको ढिकाजस्तो मेरो दिमाग
र धारिला धारले काटिरहन्छन्
गुँरासका पत्रजस्तो मेरो कलेजी
तिमीचाहिँ कस्तो नाटक हेरिरहेछौ ?
सिंहदरबारतिर फर्किएर
पाउमा राखेर चार सहिद
–गंगालाल श्रेष्ठ
–शुक्रराज शास्त्री
–धर्मभक्त माथेमा
–दशरथ चन्द
‘बडिबिल्डरझैँ’ उभिएका छौ
किन वर्षेनी मञ्चन भइरहेछ यहाँ
एक मिनेट मौनधारण
र सहिदहरूलाई माल्यार्पणको नाटक !
शहीदगेट !
को हो त्यो अर्को सहिद
जसलाई तिमीले शीरमा सजाएका छौ
को हो त्यो श्रीपेचधारी सहिद ?
अनि खोइ कहाँ लुकाइराखेका छौ
लखन थापामगर !
०००
(काभ्रेपलान्चोक)
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस