भोलीदेखि सञ्चारकर्मीहरुले कोरोनाविरुद्धको खोप लगाउन पाउने
काठमाडौं- सरकारले सञ्चारकर्मीलाई माघ २६ गते सोमबारबाट कोरोनाविरुद्धको खोप लगाउने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अग्रभागमा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुलाई भोलिबाट खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सहमति गरिएको जानकारी दिए । त्यसको लागि सञ्चारकर्मीहरुले खोप सचिवालय स्वास्थ्य सेवा विभागमा विवरण बुझाउनु पर्ने हुन्छ ।
काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा खोप लगाउने व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोलिदेखि ५ दिनका लागि अग्रपंक्ति रहेर काम गर्ने सञ्चारकर्मीका लागि खोप अभियान सुरु गर्न निर्णय भएको हो ।

क्याटेगोरी : कोरोना अपडेट, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस