कोरोनाविरुद्धको खोप : दोस्रो चरणमा २२६ पत्रकारले लगाए
कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान अन्तरगत अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारलाई खाेप लगाइएकाे छ। १३ हजार निवेदन पेश भएपनि आज जम्मा २२६ जना पत्रकारले मात्र खाेप लगाएका छन्। विहान १० बजेदेखि सुरु भएको कोरोना खोप बेलुका ४ बजेसम्म हुँदा मात्र २२६ जना पत्रकारले खाेप लगाएका हुन्। स्वास्थ्य मन्त्रालयले बानेश्वर स्थित सिभिल हस्पिटलमा पत्रकारका लागि खोप केन्द्र ताेकेकाे छ। अग्र भागमा रहेर सक्रियरुपमा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई खोप लगाउन सुविधा मन्त्रालयले दिएकाे हाे।
दोस्रो चरणको खोप अभियान अन्तरगत सरकारले पत्रकारलाई खाेप लगाउन भने पनि पत्रकारहरूमा खाेपप्रति उत्साह भने कम देखिएकाे छ। सिभिल हस्पिटल काेराेना खाेप केन्द्रका संयाेजक सृजना धानुकका अनुसार पत्रकारहरू साेचेभन्दा कम आएका छन्। उनले भनिन्, ‘हामीले ५ सय जना पत्रकारले आज खाेप लगाउनुहुन्छ भनेर साेचेका थियाैं तर साेचेभन्दा निक्कै कमकाे उपस्थिति रहेकाे छ।’
मन्त्रालयले दोस्रो चरणमा पत्रकार, कुटनीतिक नियोग, सयुक्त राष्ट्र संघका कर्मचारीलाई प्राथमिकतामा राखेर आजबाट खोप दिन थालेको छ। दोस्रो चरणको खोप शुक्रबारसम्म सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
नेपाल पत्रकार महासंघमा आवद्ध पत्रकार तथा सूचना विभागबाट जारी गरिएको प्रेस प्रतिनिध कार्ड भएका पत्रकारहरुले यो खोप लगाउन पाउने छन्।
क्याटेगोरी : कोरोना अपडेट, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस