• जीवनशैली | Jiwanshaili
  • बलिउड अभिनेता राजीव कपुरको निधन


    एजेन्सी- बलिउड अभिनेता राजीव कपुरको मंगलबार निधन भएको छ। उनको ५८ वर्षको उमेरमा निधन भएको हो। उनी अभिनेता ऋषि कपुर र रणधीर कपुरका भाई हुन्।

    अभिनेता ऋषि कपुरकी श्रीमती नितु कपुरले सामाजिक सञ्जाल मार्फत राजीवको निधन भएको जानकारी दिएकी छिन्।

    उनको ह्रदयघातले निधन भएको परिवारका सदस्यले बताएका छन्। ह्रदयघात भए लगत्तै उनका भाई रणधिरले अस्पताल लिएर गएका थिए। अस्पताल पुगे लगत्तै डक्टरले उनलाई मृत घोषित गरेको बताइएको छ।

    राजीवले ‘राम तेरी गंगा मैली’ लगायत दर्जनौ फिल्ममा अभिनय गरेका छन्।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस