• जीवनशैली | Jiwanshaili
  • हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ सार्वजनिक


    सिर्जना खत्री हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’सार्वजनिक भएको छ । स्वयं खत्रीको शब्द र स्वर रहेको सो गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ ।

    गीतमा खत्री र केवलजङ्ग कुँवरको अभिनय छ । पछिल्लो समय ‘एक्सको छम्मा’ गीत गाएर चर्चा कमाएका उनले हाल यो गीत सार्वजनिक भएपछि स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताए । “विगतको गीतबाट यस्तै गीत मात्र गाउँछे भन्ने जुन टिप्पणी आएको थियो, त्यसलाई यो गीतले चिरेको छ”, उनले भने ।

    माया गर्ने सम्पूर्ण जोडीका लागि यो गीत समर्पित रहेको खत्रीले बताए। गीत उनकै व्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस