चैत्र २१ मा विन्ध्यवासिनी म्युजिक अवार्ड हुने
काठमाडौं-विन्ध्यवासिनी म्युजिक अवार्ड चैत्र २१ गते हुने तय भएको छ। विन्ध्यवासिनी म्युजिक फाउन्डेशनले आउँदो चैत्र २१ मा म्युजिक अवार्डको एघारौं संस्करण आयोजना गर्ने भएको हो। उक्त अवार्डको पूर्व तयारीका लागि विन्ध्यावासिनीले बिभिन्न गृह कार्य पनि गरिरहेको जनाएको छ।
सोहि क्रममा आज काठमाडौंको इन्द्रेणी फुडल्याण्डमा रहेको लुम्बिनी हलमा विन्ध्यवासिनीले एघारौँ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ मा प्रदान गरिने पुरस्कार एवं सम्मान सम्बन्धमा छलफल सम्पन्न गरेको छ। उक्त छलफलबाट वरिष्ट गायक योगेश बैद्यलाई १ लाख रुपैयाँ धनराशीसहित लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरिने निर्णय गरेको छ।
यसैगरी संगीत साधना सम्मान ५० हजार रुपैयाँ धनराशीसहित वरिष्ट गायिका कुन्ती मोक्तान, संगीत रत्न सम्मान २५ हजार रुपैयाँ धनराशीसहित गायिका माण्डवि त्रिपाठी र कला पत्रकारिता तर्फ २५ हजार रुपैयाँ धनराशीसहित अनन्त वाग्लेलाई सम्मान गर्ने निर्णय भएको आयोजकले जनाएको छ। यसअघि २०६७ सालमा भक्तराज आचार्य, २०६८ माणिक रत्न, २०६९ किरण खरेल, २०७० अम्बर गुरुङ्ग, २०७१ दिनेश अधिकारी २०७२ प्रेमध्वज प्रधान, २०७३ दिपक जंगम, २०७४ रत्न शम्सेर थापा, २०७५ शक्ति बल्लभ र २०७६ सालमा कुमार बस्नेतलाई लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा आयोजक विन्ध्यवासिनी म्युजिक प्रालिले सम्मान गरिसकेको छ।
आज सम्पन्न छलफल कार्यक्रममा नेपाली संगीत क्षेत्रका बिशिष्ट ब्यक्तित्वहरु किरण खरेल, दिनेश अधिकारी, शक्ति बल्लभ, दिपक जंगम, डा. कृष्णहरि बराल ,चुडामणि देवकोटालगाएत विभिन्न पत्रकार, कलाकार र विन्ध्यवासिनी म्युजिक अवार्डको कार्यक्रमबाट सम्मानित पत्रकार, फाउन्डेशनका आजिवन सदस्य तथा कार्यसमिति र यसअघि सम्मानित भईसकेका श्रस्टाहरुको बाक्लो उपस्थिति रहेको थियो।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस