दशौँ गोतामे पत्रकारिता पुरस्कार थापालाई
दशौँ गोतामे पत्रकारिता पुरस्कारबाट कञ्चनपुरका अग्रज पत्रकार चित्राङ्ग थापालाई सम्मान गरिएको छ । स्व गोपालचन्द्र गौतम प्रतिष्ठानले आज वीरगन्जमा एक कार्यक्रमको अयोजना गरी पत्रकार थापालाई सम्मान गरेको हो ।
विगत तीन दशक भन्दा बढी समयदेखि सुदूरपश्चिममा रही सामुदायिक पत्रकारिताका माध्यमले राष्ट्रिय रुपमै ख्याती कमाएका पत्रकार थापालाई एक तोला सुनको पदक र प्रमाणपत्रसहित वरिष्ठ समाज सेवी मुर्लीधर रुङ्गटाले सम्मानित गर्नुभयो । सम्मानित पत्रकार थापालाई पुरुस्कार वितरण गर्दै वरिष्ठ समाजसेवी रुङ्गटाले जनमुखी, विश्वश्नीय र निष्ठापूर्वक समाजको हितमा पत्रकारिता गर्ने थापालाई सम्मानित गरी आफु स्वयम् सम्मानित भएको धारणा व्यक्त गर्नुभयो ।
उहाँले जनमुखी पत्रकारिताले राष्ट्र र समाज दुवैलाई फाइदा पु¥याउने भएकाले त्यस बाटोमा सबै पत्रकार हिँड्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष जगदीश शर्माको अध्यक्षतामा सम्पन्न भएको पुरस्कार वितरण समारोहलाई उद्योग वाणिज्य सङ्घ प्रदेश नं २ का अध्यक्ष गणेश लाठ, नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहान, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, नेपाली काँग्रेस पर्साका अध्यक्ष अजयकुमार द्विवेदी, निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, वरिष्ठ पत्रकार चन्द्रकिशोर झालगायतका वक्ताले पाँच दशक अगाडि न्यूनसाधन स्रोतकै आधारमा गोपालचन्द्र गौतमले निर्भिक जनताको पक्षमा पत्रकारिता गरेको चर्चा गर्नुभएको थियो ।
राजाको प्रत्यक्ष शासनकालमा खाइरहेको सरकारी जागिर छाडी प्रजातन्त्र र समाजवादको पक्षमा विगुल फुक्दै जनताका समस्यालाई तत्कालीन राज्यसत्तासम्मा पु¥याउन गोपालचन्द्र गौतमले खेलेको भूमिका अत्यन्त प्रशंसा योग्यता र सञ्चारकर्मीले अनुशरण गर्नेलायक भएको वक्ताले धारणा व्यक्त गर्नुभएको थियो ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस