• जीवनशैली | Jiwanshaili
  • नायिका सुष्मा कार्कीको आज जन्मदिन, कति वर्ष लागिन् त ?


    नेपाली चलचित्रकी नायिका सुष्मा कार्कीको आज जन्मदिन परेको छ। १९८५ फेब्रुअरी १४ तारिखका दिन उनको जन्म भएको थियो। बर्दिया जिल्लामा जन्मिएकी सुष्माले ‘मेरो एउटा साथी छ’ चलचित्रबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्।

    मोडलिङ्ग हुँदै चलचित्रमा लागेकी उनले दर्जनौं म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन्। चलचित्र क्षेत्रमा भने उनलाई निर्देशक सुदर्शन थापाले चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए। नेपाली चलचित्र क्षेत्रमा सुष्मालाई हक्की र निडर नायिकाको रूपमा समेत चिनिने गरिन्छ।

    यस कारण उनी बेलाबेला विभिन्न कारणले विवादमा आइरहन्छिन्। हालसालै मात्र उनले आफू माथि  काठमाडौंको लन्डन पबमा नायिका स्वेता खड्काकी बहिनी पत्रकार उत्सव रसाइलीले आफूमाथि कुटपिट तथा गालीगलौज गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन। यद्यपी उनीहरुले सुष्मासंग माफी माग्दै विवाद टुंग्याएका थिए।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस