सुशान्तसँग ‘एमएस धोनी’ मा काम गरेका सन्दीपले गरे आत्महत्या
फिल्म ‘एमएस धोनी’ मा सुशान्तसिंह राजपूतको साथीको भूमिका निभाएका सन्दीप नाहारले मगंलबार मुम्बईको गोरेगाउँस्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका छन्।
उनले आफ्नो फेसबुक पेजमा सुसाइड नोट पोष्ट गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। जसमा उनले लेखेका थिए, ‘अब जिउने इच्छा नै छैन।’ जुन पछि हटाइएको थियो।
घटनाको अघिल्लो साँझ उनले सामाजिक सञ्जालमा राखेकाे भिडियो र सुसाइड नोटमा पत्नी विरुद्ध गम्भीर आरोप लगाएकाे समेत भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
उनले कसरी आत्महत्या गरे भनेर स्पष्ट भएको छैन। उनको शव पोष्टमार्टमको लागि पठाइएको छ। मृत्युको कारण रिपोर्ट आए पछि मात्र थाहा हुने बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
सन्दीप ‘केसरी’ मा अक्षय कुमारसँग बट्टा सिंहको भूमिकामा पनि देखिएका थिए।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस